Logo

प्रदेश योजना आयोगका सदस्य बरालको शपथ



काठमाडौँ,२८ मंसिर । गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य डा विष्णुराज बरालले पद तथा गोपनियताको शपथ लिएका छन ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा आयोगका उपाध्यक्ष डा गिरीधारी शर्मा पौडेलले उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन। कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ तथा मन्त्रिपरिषद्का सदस्यहरुकोे उपस्थिति थियो ।

गत साउनमा तीन महीनाका लागि आयोगको विज्ञका रुपमा नियुक्त डा बराललाई मङ्सिर १९ गतेको मन्त्रिपरिषद् बैठकले सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो । लमजुङ क्वोलासोथार गाउँपालिकाका ३५ वर्षीय डा बराल जलविद्युत्, सिँचाइ तथा पूर्वाधार विषयका विज्ञ मानिन्छन ।

सो अवसरमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ऊर्जा तथा पूर्वाधार विकासमा दक्षता हासिल गरेका डा बरालको सदस्य पदमा भएको नियुक्तिले प्रदेशको नीति तथा योजना निर्माणमा सरकारलाई फाइदा पुग्ने बताए ।

प्रदेश सचिव लक्ष्मीराज पौडेलले सरकारको योजना बनाउनका लागि दिइएको जिम्मेवारीलाई बरालले पूरा गर्ने विश्वास व्यक्त गरेका थिए ।

डा बरालले प्रदेशको आवश्यकताअनुसार विकासका लागि योजना बनाउन आफू लागि पर्ने बताउँदै आफूले प्राप्त गरेका ज्ञान र अनुभवलाई प्रदेशको विकासमा लगाउने प्रतिबद्धता व्यक्त गरेका थिए । रासस



प्रतिक्रिया दिनुहोस्