काठमाडौं, १ पुस । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई धेरै नबोल्न भनेर दिएको सुझावप्रति आपत्ति जनाएका छन् ।
आइतबार पार्टी कार्यालयमा तत्कालीन नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन र तत्कालीन नेकपा माओवादी केन्द्र निकट गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी संगठनको एकता घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो आपत्ति जनाएका हुन् । उनले भने,‘म राजनीतिक मान्छे हो । नेकपाको अध्यक्ष हो । प्रधानमन्त्री पनि हो’, म नबोलेर को बोल्छ ? बोल्छु ।’
RELATED NEWS:
केपी ओलीले अध्यक्ष र प्रधानमन्त्रीको जिम्मेवारी बहन गर्न सक्नुहुन्न (भिडियोसहित)
ओलीको अभियानमा यसरी बाधक बने बामदेव गौतम, माधव नेपाल पनि खुशी
ओली ‘होली-वाईन’ र भ्रष्टाचारमा डुबे, समृद्धिको लागि कांग्रेस नै आउनुपर्छ : पौडेल
नेकपा स्थायी समिति बैठक सम्पन्न, ओली–प्रचण्डलाई वामदेवको काउन्टर
सरकार र पार्टीको नेतृत्वबाट केपी ओलीलाई हटाउन नपरोस् : झलनाथ खनाल
ओली-नेपाल जुध्दा दाहाल निर्णायक
त्यस्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि पछिल्लो समय आक्रमण भएको भन्दै दुःखेसो पोखे । ओलीले राष्ट्रपतिको आलोचना र विरोध गर्न नहुने बताए ।
उनले भने, ‘कहिले राष्ट्रपतिलाई गाडी भन्या छ ? कहिले प्रहरीको तालिम केन्द्र सार्ने भनेको छ ? कहिले के भन्या छ ? राष्ट्रपति कुन दलको भन्या छ ?, यसरी चौतर्फी आक्रमण गर्नु हुँदैन ।’
ओलीले सीमाभन्दा बाहिर गएर केही बुद्धिजीविले गणतन्त्रमाथि नै प्रहार गरिरहेको आरोप लगाएका छन् । उनले गणतान्त्रिक मूल्य र मान्यता विपरित हुने प्रहारलाई सरकारले परास्त गर्ने चेतावनी दिए । प्रधानमन्त्री ओलीले सुदृढ वामपन्थी शक्तिहरुबीचको एकताले प्रतिपक्षीहरु अतालिएको दाबी गरे ।
तस्विर : मुकुन्द कालिकोटे