Logo

बिपत्तको जोखिमलाई कम गर्न सिकाईमा परिवर्तन गर्नुपर्ने सभामुख महराको भनाई



काठमाडौं, ३ पुस । सभामुख कृष्णबहादुर महराले संकटपूर्ण मानविय बसाईसराइलाई मध्यनजर गरि आवश्यक क्षमतालाई बृद्धि गर्नुपर्ने बताएका छन् ।

इन्टरनेशनल माइग्रेसन डेको अवसरमा इन्हुरेड इन्टरनेशनले मंगलबार काठमाडौमा आयोजना गरेको विपद् सिर्जित विस्थापनः राष्ट्रिय कार्याशाला गोष्ठीलाई सम्बोधन गर्दै सभामुख महराले संकटपूर्ण मानविय बसाईसराइलाई मध्यनजर गरि आवश्यक क्षमतालाई बृद्धि गर्ने र प्रभावित समूदायलाई पनि समस्या समाधानमा शसक्तिकरण गर्नुपर्ने बताएका हुन् ।

उनले बिपत्तको पूर्वतयारी नहँुदा बिगतमा बिपतका कारण निकै क्षती भएको जिकिर गरे । उनले भविष्यमा हुन सक्ने बिपत्तलाई व्यवस्थापन गर्न स्थानीय निकाय पनि सदैव तयार हुनुपर्ने धारणा पनि राखे ।

राजनीतिक दल, नागरिक समाज समूदायको सहयोग एकमुखी बनाई अबस्था र परिस्थीतीअनुसार बिपत्तको जोखिमलाई कम गर्न बिद्यमान सिकाईमा परिवर्तन गर्नुपर्ने उनको भनाई छ । उनले भौतिक संरचना निर्माण गर्दा मापदण्ड अनुसार खुल्ला स्थान राखेर निर्माण गर्नुपर्ने पनि धारणा राखे ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्