Logo

सिक्टा सिँचाइको मूल नहर : कालिकाले राम्रो काम गरेको विदेशी कम्पनीको दाबी



काठमाडौं, ३ पुस । राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको मूल नहर परीक्षणकै क्रममा भत्किएको भन्दै अख्तियारले छानबिनपछि निर्माण कम्पनी र सम्बद्ध सरकारी कर्मचारीमाथि मुद्दा दर्ता गरेको छ ।

तर, विदेशी कम्पनीले भने उक्त परियोजनामा कालिका कन्स्ट्रक्सनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै काम गरेको दाबी गरेको छ । अख्तियारले कालिका कन्स्ट्रक्सनका अध्यक्ष विक्रम पाण्डेमाथि हचुवा तथा पूर्वाग्रही रूपमा मुद्दा चलाएको भनेर यसअघि नै नेपाल निर्माण व्यवसायी महासंघले आरोप लगाईसकेको छ ।

महासङ्घले विज्ञप्ति प्रकाशन गर्दै प्रतिष्ठित कम्पनीको विगतको कामको अवमूल्यन गर्दै पाण्डेको सार्वजनिक छविमा आँच आउने गरी मुद्दा चलाएको आरोप लगाएको थियो ।

महासङ्घले निर्माण व्यवसायीमाथि फौजदारी कानुन अन्तर्गत मुद्दा चलाउने कार्य तत्काल रोक्न पनि माग गरेको थियो । यस्तै, व्यवसायीमाथि मुद्दा चलाउने जस्ता गतिविधि रोक्न पनि माग गरिसकेको छ ।

उक्त परियोजनामा कालिकाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै काम गरेको तथ्य फेला परेको छ । कमसल माटोको कारण मुल नहर भत्किएको बुझिएको छ । यस्तो माटो हुँदापनि एक वर्षसम्म नहर नभत्किनुलाई उसले आश्चर्य मानेको छ ।



प्रतिक्रिया दिनुहोस्