काठमाडौं, ६ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी संख्याबारेको विवाद आज टुँग्गिएको छ । आज विहानैदेखि बसेको शीर्ष नेताहरुको बैठकले पदाधिकारी १३ पुर्याएको छ ।
नयाँ सहमति अनुसार अब सहमहामन्त्रीको संख्या ७ पुगेको छ । यो प्रस्ताव हिजोको बैठकमा उपसभापति विमलेन्द्र निधिले अघि सारेका थिए । अब उपसभाति, महामन्त्री २र२ जना हुनेछन् भने समहामन्त्री ७ जना रहनेछन् । १३ पदाधिकारी मध्ये कोषध्यक्षबाट सबै निर्वा्चित हुनेछन् ।
केन्द्रिय सदस्य गुरुराज घिमिरेका अनुसार अब विधान संशोधन मस्यौदा समितिले केन्द्रीय कार्यसमितिमा प्रस्ताव लैजानेछ । त्यसपछि महासमितिमा विधान संशोधन प्रस्ताव पेश हुनेछ ।