काठमाडौं, ६ पुष । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा अहिलेसम्म ४१ जना सदस्यहरुले आ–आफ्नो धारणा राखिसकेका छन् ।
अधिकांश नेताहरुले नेतृत्वको आलोचना गरेका थिए । सरकारको कार्यशैली सही नभएको भन्दै नेताहरुले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्कमल दाहाल प्रचण्डको कडा आलोचना गरेका थिए ।
नेताहरुले उठाएको प्रश्नको पर्सि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले जवाफ दिने कार्यक्रम तय भएका छ । आजको बैठकमा नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेलसहित ७ जनाले बोलेका छन् ।