Logo

अध्यक्ष ओलीको पद्धती र निर्णयको प्रवक्ता श्रेष्ठद्धारा आलोचना, अरु के-के भने ?



काठमाडौं, ६ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको जारी स्थायी समिति बैठकमा आज ७ जना नेताले बोलेका छन् । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै बोल्ने क्रममा प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष ओलीको कडा आलोचना गरेका छन् ।

स्रोतका अनुसार उनले समग्र रुपमा नेकपाले गर्नुपर्ने कामबारे समिक्षा गरेका थिए । पार्टी नेतृत्व निर्णय प्रक्रियामा चुकेको उनको टिप्पणी थियो । पार्टी नेतृत्वले नीतिभन्दा बाहिर बसेर काम गरेको श्रेष्ठको गुनासो थियो ।

त्यस्तै उनले सरकारको प्रस्तुति पनि खासै सन्तोषजनक नभएको आजको बैठकमा टिप्पणी गरेका थिए । उनले विदेश नीति बिग्रिएको हो कि भन्ने चिन्ता पनि व्यक्त गरेको स्रोतले जानकारी दियो । पार्टीको निर्देशन सरकारले नटेरेको पनि उनको आक्रोश थियो । उनले पार्टी र सरकार एउटै बाटोमा हिँड्नुपर्ने सुझाव दिएका थिए ।

त्यस्तै उनले गाउदेखि केन्द्रसम्म एकता प्रक्रिया ढिला भएकोमा पनि चिन्ता व्यक्त गरेका थिए । यसबारेमा नेतृत्वले गम्भिर भएर सोच्नुपर्ने उनले सुझाव दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्