Logo

सरकारले राजमार्गहरुको कनेक्टिभीटीमा जोड दिएको छ : मन्त्री महासेठ



काठमाडौं, ६ पुष । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले मुलुकको समृद्धि र विकासका लागि पूर्वाधार विकासको कामलाई उच्च प्राथमिकता दिएको बताएका छन् । उनले सरकारले राजमार्गहरुको कनेक्टिभीटीमा जोड दिएको विश्वास दिलाए ।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री महासेठले मुलुकलाई समृद्ध बनाउन सरकारले रेलमार्ग र जलमार्ग निर्माणको कामलाई प्राथमिकता दिनुपरेको पनि स्पष्ट पारे । उनले भारत र चीन दुवै छिमेकी मुलुकको सहयोग लिएर सरकारले रेल मार्ग निर्माणको कामलाई अघि बढाएको पनि स्मरण गराए ।

मन्त्री महासेठले राजमार्गहरुको कनेक्टिभीटीमा जोड दिन सरकारले २ हजारभन्दा बढि सडक पुल निर्माण योजना अघि सारेको जानकारी दिए । विकास र समृद्धिका लागि सडक पुलको निर्माण अति उपयोगी हुने मन्त्री महासेठको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्