पुष ९, काठमाण्डौ । प्रदेश नम्बर २ का पर्यटनमन्त्री रामनरेश रायले प्रदेश २ समस्यै समस्याले भरिएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै रायले कामका लागि सरकार अगाडि बढ्न खोज्दा संघीय सरकारले बाधा पुर्याउने गरेको आरोप लगाए ।
केपी ओली नेतृत्वको सरकारले प्रदेश सरकारलाई सहयोग नगरेको भन्दै यादवले आवश्यकताअनुसार बजेट नै नदिइएको गुनासो गरे ।
आफूले व्यक्तिगत रुपमा प्रधानमन्त्री ओलीलाई आरोप नलगाएको तर प्रदेश सरकारका लागि प्रधानमन्त्रीको भूमिका प्रभावकारी नभएको जिकिर गरे । संघीय सरकराले प्रदेश २ लाई नेपालको अंगकै रुपमासमेत लिन नसकेको उनको आरोप छ ।
प्रदेश २ लाई वेवास्ता गरियो भने समग्र नेपालकै विकास हुन नसक्ने रायको तर्क छ । प्रदेश सरकारलाई संविधानले दिएको अधिकारको प्रयोग गर्न नदिइएको उनको कथन छ ।
विभिन्न समस्याकाबीचमा पनि प्रदेश सरकारले जनताले अनुभूति गर्ने गरी काम गरिरहेको मन्त्री रायले बताए ।