Logo

ओली–प्रचण्ड प्रतिवेदन सच्याउनको लागि छलफलमा जुटे



काठमाडौं, ९ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्थायी कमिटीमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा नेताहरुले उठाएका कुराहरुलाई समेट्नको लागि छलफलमा जुटेका छन् ।

स्थायी कमिटिको बैठकमा बरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनालले उठाएका कुराहरुलाई गम्भिर रुपमा लिँदै अध्यक्षद्धयले आफूहरुले पेश गरेको राजनीतिक प्रतिवेदनमा समावेश गर्नेगरि आज छलफल गरेका हुन् ।

सरकारको कार्यशैली सच्याउनुपर्ने भन्दै नेताहरुले स्थायी समितिको बैठकमा जोडदार रुपमा कुरा राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्