Logo

सार्कका लागि सजाइएको गमला डस्टविन बनेपछि…



पुष ९, काठमाण्डौ । १८ औ सार्क शिखर सम्मेलनका बेला माहानगरपालिकाले सडकका पेटिमा राखिएका गमला यति बेला बाटो हिड्ने बटुवाका लागि फोहोर फाल्ने भाँडो बनेको छ । विदेशी पाहुनाका लागि राम्रो छ भनेर देखाउन लाखाँै रुपैयाँ खर्चेर राखिएका गमला सम्मेलनपछि संरक्षण नगरिदा प्रयोगविहिन बनेको हो ।

१८औँ सार्क शिखर सम्मेलन नेपालको राजधानी काठमाण्डौमा वि.सं २०७१ मंसिर १० र ११ गते सम्पन्न भएको थियो । आठै सदस्य मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखको उपस्थितीमा भएको सम्मेलनका लागि त्यसबेला काठमाण्डौ निकै सिँगारिएको थियो । दृश्य जति हेर्नलायक थियो, समयअनुसार त्यसलाई व्यवस्थापन र सुरक्षित बनाउनु आयोजक मुलुकलाई उत्तिकै चुनौतीपूर्ण थियो ।

त्यही चुनौतिको सामना गर्न नसकेको नतिजा अहिले देखिएको छ । काठमाण्डौ महानगरपालिकाले सडक छेउमा सयौ गमलामा फूल तथा वनस्पति राखेर सजाएको थियो । तर तिनको संरक्षण भने भएन । क्षणिक सजावटका लागि राखाँै रकम सकेर संरक्षण नगर्नु सम्बन्धित निकायको कमजोरी हो । तर सर्वसाधारणले पनि लापरबाही गर्ने गरेका छन् ।

माहानगरपालिका र नगरपालिकाको संयुतm लगानिमा रोपिएका यी गमला र वोटविरुवाको संरक्षण नहुनुमा को दोषि छ त ? यस बिषयमा माहानगर भने बेखवर जस्तै बनेको छ । सिहदरबार माईतिघर, माइतिघर थापाथलि, त्रिपुरेश्वर सोल्टिमोड रविभवन सुन्धारा त्रिपुरेश्वर लगाएतका सडकमा राखिएका थिए । तर कतिपय ठाउँमा गमला नै देख्न सकिदैन । यस बिषयमा माहानगरले पनि स्पष्ट जवाफ दिनै सक्दैन ।

सडकमा राखिएका सिमेन्ट निर्मित राता अनि ठुला गमला प्रति गमला १ हजार ३ सय ७८ रुपैयाँमा खरिद गरिएको थियो भने गमलामा लगाइएका विरुवा एउटाको ३ सय ७८ रुपौया खरिद गरि सडकमा सजाइएको थियो । तर ति गमला अहिले बोटविरुवाले हरीयालि हुनु त कता हो कता, फोहारेर फाल्ने ठाउँ बनेको छ ।



प्रतिक्रिया दिनुहोस्