काठमाडौं १० पुस । रात्रिबसमा महिला कर्मचारीले चिया–कफी र पानी सोध्छिन् । ल्याइदिन्छिन् । यात्रा बसकै हो ! बेनी–काठमाडौं बसमा दुइटी साहसिला र स्वावलम्बी परिचारिका छन् । अन्नपूर्ण गाउँपालिका–५, पाउद्वार घर भई राजधानीको त्रिचन्द्र कलेजमा बीएस्सी दोस्रो बर्षकी छात्रा कुसुम राना र बेनीको माउन्ट एभरेष्ट माविबाट १२ कक्षा उत्तीर्ण अन्नपूर्ण–१, दोबाकी राशु राम्जाली ।
सार्वजनिक यातायातमा थोत्रा गाडी र फोहोरी गाडीमा हुर्केका चालक, सहचालक र साहुको ठालु ब्यवहार भोग्ने धेरै छन् । महिला अझ बढी प्रताडित छन् । केही सुधार भने हुँदैछ ।
रात्रिबसमा महिलालाई यात्रा पनि सजिलो लाग्दैन्.। बसका कर्मचारी पढेलेखेका महिला हुँदा भने यात्रा नै सहज भएको छ । राना र राम्जालीले बसमा काम गर्दा आत्मविश्वास बढेको अनुभव सुनाए ।
राना र राम्जाली म्याग्दी–कोरला यातायात प्रालिले संचालन गरेको सुविधायुक्त बसमा मुस्कानसहित यात्रुको स्वागत र सहयोग गर्छन् । अन्नपूर्णपोष्टबाट