काठमाडौं, ११ पुस । आजका दिनसम्मपनि कर्णाली प्रदेश दुःखको प्रायावाचिका रुपमा चिनिदै आएको कुरा सत्य हो । जहाँ भोक, रोग, शोकले आक्रान्त मारमा पर्ने गरेको कर्णाली प्रदेश राज्यको सबै भन्दा बिकट र दुर्गम भूमि हो ।
कर्णालीको फोटेका तस्वीर बेचेर धेरैले शहरमा घर बनाए ! कर्णालीले धरैको जीवन बनाएको छ । धरैलाई नेता बनायो । धरैलाई इतिहास सिकायो । तर आफू कर्णालीको दुःखबाट माथि उठ्न सकेन ।
गत वर्ष माघ १३ गते हुम्लाको रोडीकोटमा ११ घर जलेका थिए । त्यस्तै २०७४ माघ १८ मा हुम्लामा २८ गत बैशाख २० मुगुको खिम्रीमा १८ घर जलेका थिए । भने पुष ९ गते कालिकोटको पलाता गाउँपालिका खाँडागाउँमा ८७ घर जलेका छन् । करिब एकवर्षको अवधिमा १ सय ४४ घर जलेका छन् ।
खाँडा गाउँका अग्नि पीडितको लागि कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिकाले दुई लाख आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । गापाकी उपाध्यक्ष मनशोभा बुढाले एक प्रेस विज्ञप्ती जारी गरेर उक्त सहयोग गर्ने जानकारी दिएकी छन् ।