काठमाडौँ,१२ पुस । नुवाकोटमा हाल निर्माणाधीन राजमार्गमध्ये गाउँदेखि शहरसम्म र पूर्वदेखि पश्चिम जोडिएको पुष्पलाल–मध्यपहाडी लोकमार्गको निर्माण तीव्र बनाइएको छ ।
पाँचथरको पूर्वीभेगमा पर्ने चियोभञ्ज्याङ नेपाल–भारत सीमा बाट शुरु भएर बैतडीको झुलाघाटमा महाकाली नदीसम्म जोडिने यो राजमार्गको मध्यविन्दु नुवाकोटबाट पूर्वी खण्डअन्तर्गत पाटीभञ्याङसम्म ६५९ किमी र पश्चिम खण्डकोे पाटीभञ्याङदेखि बैतडीको झुलाघाटसम्म एक हजार ९७ किमी पर्दछ ।
आयोजनाका इञ्जिनीयर दयानाथ यादवका अनुसार मध्यपहाडी सडकखण्डको नुवाकोटमा करीब ७० किमीमध्ये हाल पाँच खण्डमा काम भइरहेको छ सिन्धुपाल्चोकस्थित चिसापानीबाट प्रवेश गरी पाटीभञ्याङदेखि शेराबगर, छहरे, ढिकुरे, गङ्गटे, डेउडी, सामरी हँुदै भ¥याङभुरुङबाट धादिङतर्फ सो सडक मोडिन्छ ।
जिल्लाको शिवपुरी गाउँपालिका, लिखु गाउँपालिका, विदुर नगरपालिका र म्यागङ्ग गाउँपालिका हँुदै उक्त सडक धादिङतर्फ लाग्ने मध्यपहाडी सडक आयोजनाका पश्चिम खण्डका निमित्त प्रमुख इञ्जिनियर रमेश दृष्टिले जानकारी दिनुभयो ।
पहिलो खण्डमा पाटीभञ्याङदेखि थानसिङको छहरेसम्म २७।५ किमी पर्दछ । यस खण्डमा नयाँ ट्र्याक खोल्ने र साविक सडक स्तरोन्नतिको काम हुनाका साथै हाल सात पक्की पुलमध्ये केहीको निर्माण र सडक कालोपत्रेका लागि ठेक्का आह्वान गरिएको उहाँले बताउनुभयो ।
दोश्रो खण्डमा जिल्लाको थानसिङको छहरेदेखि खानीगाउँको ढिकुरेबजारसम्मको १३ किमी सडक विभागअन्तर्गत रिप सडक विस्तार आयोजना मार्फत काम भइरहेको छ । यो सडक साविकको सडकअन्तर्गत स्तरोन्नति भइसकेकाले हाल कालोपत्रे गर्ने तयारी गरिएको इञ्जिनीयर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी फागुनदेखि शुरु हुने कालोपत्रेको काम छ महीना भित्रै सम्पन्न गर्ने लक्ष्य छ ।
तेश्रो खण्डमा ढिकुरेबजारदेखि विदुर नगरपालिका–५ गङ्गटेसम्म ७।३ किमी सडक रमण–दिव्यज्योति जेभीमार्फत कालोपत्रे गर्न थालिएको छ । हाल १७ स्थानमा एकैसाथ निर्माणको काम भइरहेको इञ्जिनीयर यादवले बताउनुभयो ।
चौथो खण्डमा विदुर नगरपालिकाक–५ गङ्गटेदेखि विदुर नगरपालिकाको वडा नं १३ डेउडीसम्मको सडक विस्तार प्रारम्भिक अध्ययनको क्रममा छ ।
पाचौँ खण्डअन्तर्गत उक्त नगरपालिकाको वडा नं १३ डेउडीबाट धादिङको सीमाक्षेत्र भ¥याङभुरुङसम्मको सडक १३।५ किमी सडकको स्तरोन्नति तथा ट्र्याक विस्तार भइसकेकाले मित्र–सञ्जिवनी जेभीलेकालोपत्रेका लागि ठेक्का छ । यस सडकखण्डको कागुने, सामरी र भ¥याङभुरुङ खोलाको पुल निर्माणको काम आधाभन्दा बढी सम्पन्न भइसकेको छ ।
नुवाकोटमा मध्यपहाडी सडकको विस्तारले जिल्लाको दुर्गम तथा भौगोलिक रुपमा विकट मानिएका बस्तीलाई सुगम र शहरसँग जोड्न महत्पूर्ण योगदान पु¥याउने विश्वास लिइएको जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले बताउनुभयो ।
उहाँका अनुसार यस सडकले शिवपुरी गाउँपालिकाको पाटीभञ्याङदेखि छहरेसम्म सडक सुविधाविहीन हँुदा काठमाडौँको चार नगरपालिकासँग जोडिएको स्थानीय तह भएर पनि विकट र दुर्गमको पहिचान अब हटने भएको छ । “यो सडक निर्माणले धादिङसँग जोडिएका म्यागङ गाउँपालिका र सिन्धुपाल्चोक र काठमाडौँसँग जोडिएका शिवपुरी गाउँपालिकावासीको जीवनस्तर उकासिन्छ,” उहाँले भन्नुभयो, “यहाँको कृषि उपज, जडीबुटी, पर्यटक प्रवद्र्धनले जिल्ला हँुदै मुलुकलाई नै आर्थिक रूपमा समृद्ध बनाउन सकिन्छ ।”
पूर्वी–पहाडदेखि पश्चिम–पहाडसम्म पहाडैपहाड पहुँच पु¥याउने योजनाको समग्र काम अपेक्षाअनुसार प्रगति न्यून भएको बताइन्छ।रासस