काठमाडौं, १२ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य मणि थापाले एशिया प्यासिफिक समिट–२०१८ मा सरकारको सहभागिताबारे पार्टीभित्रैबाट गम्भिर कुरा उठेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले माफी मागेको खुलासा गरेका छन् ।
बुधबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो खुलासा गरेका हुन् । अहिलेसम्म ओलीले बैठकमा माफी मागेको भनेर कहीँ कतैबाट कुरा बाहिर नआएको बेला उनले भने यस्तो सनसनीपूर्ण खुलासा गरेका हुन् ।