काठमाडौं, १२ पुस । सरकारले म्यानमार र ओमनका लागि नेपाली राजदुतहरुलाई फिर्ता बोलाउने प्रक्रिया सुरु गरेको छ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले म्यानमारका लागि नेपाली राजदुत भीमकृष्ण उदास र ओमनका लागि नेपाली राजदुत शर्मिला पराजुली ढकाललाई तत्काल फिर्ता बोलाउने प्रस्ताव मन्त्रिपरिषदको बैठकमा पेश गरेका छन् ।
दुवै राजदुतको कार्यसम्पादन राम्रो नभएको र उनीहरुले पदीय दुरुपयोग गरि आर्थिक लाभ लिएको आरोप छ । नेकपाकै नेताहरुले तत्काल यी दुवै राजदुतलाई फिर्ता बोलाउन मन्त्री ज्ञवालीलाई दबाब दिईसकेका छन् ।
सरकारले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा नियुक्त तीन राजदूतलाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजदूतहरू डा. चोपलाल भुसाल (बंगलादेश), अर्जुनजंगबहादुर सिंह (दक्षिण कोरिया) र भरतबहादुर रायमाझी (स्पेन) लाई फिर्ता गर्ने निर्णय गरेको छ ।