काठमाडौं, १२ पुस । नेपाल फोटो पत्रकार महासंघ (एफएनपीजे)ले यही चैत २८,२९ र ३० गते तदनुसार अप्रेल ११,१२ र १३ गते काठमाडौंको टुंडिखेल चौरमा प्रिन्टिङ, फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो गर्ने भएको छ ।
महासंघले आज पत्रकार सम्मेलन गरेर उक्त एक्सपो गर्नेबारे जानकारी गराएको हो । महासंघले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘देशभरका क्रियाशिल फोटोपत्रकार र क्यामेरापर्सनहरुको छाता संगठन हो । यसका हाल ३४ वटा जिल्ला शाखाहरु रहेका छन् । महासंघले मुख्यतया फोटोपत्रकार र क्यामेरापर्सनहरुको हकहितकालागि वकालत गर्दछ । साथै क्षमता तथा दक्षता अभिबृद्विका लागि विभिन्न किसिमका कार्यक«महरु जस्तै तालिम, गोष्ठि, प्रतियोगिता ,अन्तरकृया, फोटो प्रदर्शनी, प्रकाशन लगायत विभिन्न कार्यक«महरुको आयोजना गर्दछ ।’
एक्स्पोलाई सफल बनाउन महासंघले २ वटा अन्तर्राष्ट्रिय कम्पनीहरु ईआरएम र मेसे ईण्डियासंग सह–आयोजकको रुपमा सहकार्य गरेको पनि विज्ञप्तीमार्फत जनाएको छ ।
मेसे ईण्डिया विभिन्न युरोपेली देशहरुमा मिडिया टेक्नोलोजी सम्बन्धि प्रदर्शनी गर्ने कम्पनी हो भने ईआरएमले भारत, चिन, सिंगापुर लगायतका देशहरुमा प्रिन्टिङ ,फोटोग्राफी र विभिन्न प्रविधि सम्बन्धि ठूला प्रदर्शनीहरुको कन्सट्रक्सन पार्टनरको रुपमा काम गर्दछ ।एक्स्पोको मुख्य उदेश्य नेपालमा रहेका संचारमाध्ययम र यीसंग सम्बन्धित प्रविधिहरुलाई प्रदर्शनीको माध्यमबाट एउटै छातामुनि अवलोकन गर्न सकिने ब्यवस्था मिलाउनु रहेको महासंघको विश्वास छ ।
प्रिन्टिङ, फोटोग्राफी र मिडियासंग सम्बन्धित ऐतिहासिक वस्तुहरुको पनि ऐक्स्पोमा प्रदर्शनी गरिने महासंघले जनाएको छ । साथै, विभिन्न जिल्लाबाट संकलित ऐतिहासिक र पर्यटकीय हिसाबले महत्वपूर्ण तश्विरहरुको बृहत प्रदर्शनी गर्ने हाम्रो योजना रहेकोछ । प्रदर्शीत हुने ती तश्विरहरुलाई विश्व बजारसम्म पुर्याउनेपनि महासंघको लक्ष्य रहेको छ ।
साथै हाल विश्वमा प्रयोगमा आएका अत्याधुनिक डिजिटल प्रविधिहरुपनि एक्स्पोमा राखिनेछ । प्रिन्टिङतर्फ औधोगिक प्रिन्टर, कमर्सीयल प्रिन्टर, प्रिन्टिङ प्रेस,अफसेट प्रेस,फ्लेक्स प्रिन्ट लगायत रहनेछन् भने फोटोग्राफीतर्फ विभिन्न बहुर्राष्ट्रिय क्यामेरा उत्पादक कम्पनिहरुको एक्स्पोमा सहभागिता हुनेछ ।