Logo

प्रशिक्षक सर एलेक्स फर्गुसन पुनः म्यानचेस्टर फर्किने चर्चा



काठमाडौं,१४ पुस। म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक सर एलेक्स फर्गुसन पाँच वर्षपछि फेरि म्यानचेस्टर युनाइटेडको प्रशिक्षणमा फर्किने कुराले अहिले चर्चा भईरहेको छ।

म्यानचेस्टर युनाइटेड क्लवमा अहिलेसम्मका सफल र लेजेन्ड प्रशिक्षक मानिएका फर्गुसन ५ वर्षपछि क्लबको प्रशिक्षणमा देखिने भएका हुन् ।यसअघि २३ वर्ष म्यानचेस्टर युनाइटेडको प्रशिक्षक रहेर काम गरेका फर्गुसनले सन् २०१२–१३ को सिजनमा क्लबलाई प्रिमियर लिगको उपाधि दिलाएपछि संन्यास लिएका थिए ।

म्यानचेस्टर युसनाइटेडले पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्होलाई बर्खास्त गरेपछि अन्तरिम प्रशिक्षकमा काम गरिरहेका ओली गुनरलाई केही टिप्स दिन उनी प्रशिक्षणमा आउने बताइएको छ ।

फर्गुसनले गुनको प्रशिक्षक टिमसँग छलफल गर्ने र टिमको रणनीतिमा पनि कुरा गर्ने बताइएको छ ।गुनरलाई अन्तरिम प्रशिक्षकमा ल्याउन फर्गुसनको पनि हात रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गुनर म्यानचेस्टर युनाइटेडको प्रशिक्षकमा नियुक्त भएपछि क्लवले लगातार दुई खेलमा जित निकालेको छ ।फर्गुसनले युनाइटेडको प्रशिक्षण हुँदा कूल ३८ उपाधि जितेका थिए ।जसमा मुख्य १३ प्रिमियर लिग, ५ एफए कप, २ च्याम्पियन्स लिग रहेका छन् ।एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्