काठमाडौं, १४ पुस । महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त कुमार लामाले अपराधी मनस्थीती भएका व्यक्तिहरुको पहिचानका लागी समाज सजक हुनुपर्ने बताएका छन् ।
परिसरले शनिबार काठमाडौमा सार्वजानिक सुनुवाई कार्यक्रमको आयोजना गर्दे समाजवाट अपराधी मनस्थीती भएका व्यक्तिहरुलाई हटाउनुपर्ने कुरा लामाले बताएका हुन् ।
उनले समयमा नै अपराधी मनस्थीती भएका व्यक्तिहरुको पहिचान हुन नसके समाजबाट अपराधका घटनाहरु न्युनिकरण भएर जाने धारणा पनि राखे । उनले एउटै व्यक्ति पटक पटक पक्राउ पर्दा पनि सोहि व्यक्तिहरुबाट अपराध भईरहने घटना दोहरीएको जानकारी दिए ।
जवसम्म अपराध गर्ने व्यक्तिको मनस्थीती परिवर्तन नभएसम्म अपराधका घटना दोहररिरहने उनको भनाई छ । उनले कतिपय कानुनमा रहेका सजाय न्युन भएका कारण अपराधीको मनोबृद्धि उच्च देखिएको बताए ।
समुदाय–प्रहरी साझेदारीको लक्ष्य समुदायमा प्रहरीको जवाफदेहिता, सुशासन प्रवर्धन, प्रहरी कार्यको विश्वसनियता तथा जनसहयोग अभिवृद्दि गर्नका लागी सार्वजानिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको परिसरले जनाएको छ ।
तस्विर : मुकुन्द कालिकोटे