Logo

वालुवाटारमै अवैध कलेज : बालुवाटार मोडल कलेज (भिडियोसहित)



पुष १४, काठमाण्डौ । मान्छेमा चेत भर्ने, विद्यार्थीलाई शिक्षा बाड्ने र उनीहरुको भविष्य बनाउने जिम्मेवारी बोकेका स्कूल कलेजहरुले नै गैरकानुनी धन्दा चलाउन थाले भने के हुन्छ ? अझै विद्यार्थी नै किन बेच हुन थाल्या भने के होला ? यस्तै भइरहेको देशकै राजधानी काठमाडौंमा ।

बालुवाटारमा रहेको बालुवाटार मोडल कलेजले बिना दर्ता, बिना अनुमति गैरकानुनी ढङ्गले पठन पाठन गराउँदै आएको खुलासा भएको छ । बालुटार मोडल कलेज जसले बिना दर्ता २५० जना विद्यार्थी पढाइरहेको छ । उक्त कलेजले भर्ना खोल्यो, विज्ञापन गर्यो र विद्यार्थीलाई यहि कलेजको नाममा बिल काटेर भर्ना पनि गरायो । तर, उसले यी विद्यार्थीहरुको रजिस्टेशन फर्म भने अर्कै कलेज कस्मोपोलिटन कलेजबाट भरेको छ । अर्थात कलेजले विद्यार्थीबाट रकम असुलेर कस्पोपोलिटन नामको अर्को कलेजलाई बिद्यार्थी बेच्ने गरेको छ । यस विषयमा कलेज प्रशासनले पनि गल्ती स्वीकार गरिसकेको छ ।

यता विद्यार्थीहरु भने आफू पढेको कलेज कस्तो हो भन्नेमा नै अनविज्ञ छन् । विध्यार्थीहरु स्वयमलाई थाहा छैन कुन कलेजको नाममा आफ्नो रजिस्टर भएको छ भनेर । हामी अघिल्लो दिन गएर सबै बुझेपछी त्यसदिन नै विधार्थिलाई भनिएको रहेछ कि कस्मोपोलिटनको विधार्थी हौ । मिडिया आएर सोध्यो भने । त्यहि भन्नु भनेर । त्यसपछि विद्यार्थीहरु झनै रनभुल्लमा पर्दै आएका छन् ।

कानुनले भन्छ, तल्लो तह नचलाई सिधै ११÷१२ कक्षा चलाउन पाइदैन । बिना दर्ता खुलम खुल्ला चलेको यो कलेजका विषयमा काठमाडौं महानगरपालिका अन्तर्गत रहेको शिक्षा समन्वय समिति र शिक्षा मन्त्रालय दुबै बेखर छन् । जिल्ला शिक्षा समन्वय समितिका शिक्षा अधिकारी सीताराम कोइरालाले भने, तपाईहरु मार्फत हामीले बल्ल सुचना पायौ । अब अनुगमन गर्छौ र दोषीमाथि कारबाही गर्छौ ।

यस्ता कलेजहरुको अनुगमन किन हुँदैन ? विद्यार्थीहरु अन्योलको भूमरीमा फस्दा पनि किन बेखबर बनेर बसिरहेको छ तालुकदार निकाय ? यो प्रश्नको जवाफ खोजिरहेका आम नागरिकले । यस्ता अबैध शिक्षालयहरु बन्द नभएसम्म मुलुकको शिक्षा सुध्रिने छैन । शिक्षा दिने र चेतना फैलाउने शिक्षालयहरु नै गैरकानुनी कृयाकलपामा संलग्न हुँदा विद्यार्थीहरुले के सिक्लान ?



प्रतिक्रिया दिनुहोस्