लंकराज धमलाः सल्यान, १५ पुस । कुमाख गाउँपालिकामा बिजुली बत्ति बल्दा स्थानीय खुसि १ बर्षभित्र सबै वडामा बत्ति बाल्छु अध्यक्ष दिलमाया बुढा मगर गिरी ।
सल्यान जिल्लाको कुमाख गाउँपालिकाका अन्धकारमय बस्तिहरुमा आजबाट उज्याले छाएको छ । बिजुली बत्ति बल्दा गाउँपालिकाका विद्यार्थीलाई पठन–पाठन सहज र सरकारी तथा गैससका दैनिक कामकाजहरु सेवाग्राहीलाई छिटो छरितो सेवा प्रवाह गर्ने सकिने भएको छ ।
कुमाख गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगे पछि आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो । कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढा मगर गिरीको अध्यक्षता र प्रदेश सांसद गोलाबजंग शाहको प्रमुख आतिथित्यमा, प्रमुख प्रसाशकिय अधिकृत विनोद अधिकारीको बिषेश आतिथित्यतमा बिजुली बत्तीको उद्यघाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष दिलमाया बुढा मगर गिरीले अबको एक वर्षभित्र सबै वडाहरुमा बिजुली बत्ति बाल्ने प्रतिवद्धता समेत व्यतm गरेकी छन् । उद्घाटन कार्यक्रममा वडा अध्यक्ष, स्थानीयबासिहरुको सहभागिता रहेको थियो ।