Logo

कर्मचारी समायोजन अध्यादेश-२०७५ संसदबाट पास



काठमाडौं, १७ पुस । प्रतिनिधिसभाले सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश-२०७५ लाई पास गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले कर्मचारी समायोजन अध्यादेश २०७५ लाई बहुमतले पास गरेको हो ।

यसअघि सांसद प्रेम सुवाल र गगनकुमार थापाले कर्मचारी समायोजन अध्यादेश अस्वीकार गरियोस् भनी दर्ता गरेको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अध्यादेश स्वीकृतका लागि राखेको प्रस्ताव बहुमतले पास भएको हो ।



प्रतिक्रिया दिनुहोस्