Logo

रवि लामिछानेको डिभोर्स, ‘एक्लो जीवन र असफल सम्बन्धबाट पाठ सिक्दै अघि बढ्नेछु’



काठमाडौं, २० पुस । सञ्चारकर्मी रवि लामिछानेले आफ्नो डिभोर्स भएको खुलासा गरेका छन् । उनले आफ्नो निजी जीवनलाई लिएर बदनाम गर्ने प्रयास भएको समेत आरोप लगाएका छन् । शुक्रबार फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफ्नो वैवाहिक जीवनका बारेमा बताएका छन् । र

विले आफूले २४ वर्षअघि नै ईशासँग विवाह गरेको र अहिले सम्बन्ध विच्छेद भएको बताएका छन् । उनले भनेका छन्, ‘मैले करिब २४ वर्ष अगाडि सानै उमेरमा विवाह गरेको थिएँ र हालसालै सम्बन्ध विच्छेद पनि भैसकेको छ ।’

रविले वर्षौंसम्मको मतभेद र अलग बसाइका कारण आफूहरुको सम्बन्ध टिक्न नसकेको बताएका छन् । लामो समयसम्म पत्नीसँग बोलचाल पनि नभएको बताएका रविले आफ्नै राजीखुशीले सबै अधिकार लिएर पत्नीले सम्बन्ध विच्छेद गरेको स्पष्ट गरेका छन् ।

त्यस्तै रवि लामिछानेले आफ्नो विदेशी मूलकी एक प्रेमिकासमेत भएको खुलासा गरेका छन् । विदेशी मूलकी प्रेमिकासँग आफ्नो एक सन्तानसमेत भएको बताउँदै रविले अहिले उनीसँग पनि छुट्टिएको जानकारी दिएका छन् । रविले आफूलाई बदनाम गराउन अनेक प्रयास भएको बताउँदै आफूले वर्षौंको एक्लो जीवन र असफल सम्बन्धहरुबाट पाठ सिक्दै अघि बढ्ने बताएका छन् । उनी आफू कतै नभागेको बताउँदै हरेक मंगलबार, बिहीबार र शनिबार टेलिभिजनमार्फत आउने बताएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्