सप्तरी । सप्तरीको बोदेबर्साईन नगरपाकिकामा नगरका मेयर र स्थानीय युवाहरुबीच जग्गाको विषयलाई लिएर विवाद भएको छ । नगरपालिकाका मेयर आतेश कुमार सिंह यादवले नगरपालिका बनाउनका लागि व्यक्तिगत जग्गा दान गरेका थिए । तर यस विषयलाई लिएर केही युवाहरुले अनावश्यक निहुँ खोजेका हुन् ।
सप्तरीको बोदेबर्साईन नगरपाकिका मेयर आतेश कुमार सिंह यादवले आफु मेयर हुँदा नगरपालिकाको कार्यालय बनाउनका लागि आफ्नै नाममा रहेको जग्गा दान गरेका थिए । मेयरमा चुनाव लड्नुअघिदेखि नै उनलाई दानवीरको रुपमा लिइन्थ्यो । तर केही स्थानीय युवाहरुले संघर्ष समितिको नाम दिदै मेयरलाई बदनाम गर्न खोजेको आरोप लागेको छ । मेयर यादवको विरोधमा उनीसँग चुनाव हारेका पक्षधर लागेका छन् । मेयर यादवको हजुरबुबा शत्रुधन प्रसाद सिंह यादवले पंचायति कालमा नै तत्कालिन बोदे बर्साइन गाविसलाई कार्यालय चलाउनका लागि जग्गा दिएका थिए । नयाँ संरचनामा नगरपालिका बनेपछि मेयर यादवले चुनाव जितेपछि अर्को ठाउँमा करिब ५ करोड मूल्य पर्ने १० कट्ठा जग्गा नगरपालिकालाई दान गरेका थिए । तर चुनाव हार्ने पक्षका युवाहरुले तत्कालिन गाविसलाई दिइएकै ठाउँको जग्गा दिनुपर्ने माग राख्दै विरोध गरेका हुन् ।
यता मेयर यादवले भने दुवै ठाउँको जग्गा आफ्नै भएको र नगरपालिकाका लागि उचित ठाउँ हेरेर जग्गा दान गरेको बताएका छन् । यस विषयलाई लिएर विरोधीहरुले अनावश्यक बखेडा झिकेका हुन् । केही स्थानीय युवाहरुले संघर्ष समितिको नाम दिदै विरोध गरे पनि मेयर यादवसँग चुनाव हारेको पक्षले पैसा खुवाएर परिचालन गरेको पाईएको छ । यस सम्बन्धमा संघर्ष समितिका संयोजक आलोक यादवसँग बुझ्न खोज्दा मेयर यादवको विरुद्धमा समाचार लेखिदिने हो भने पैसा दिन्छु भनेका थिए । पैसाकै बलमा मेयर यादव विरुद्ध समाचार लेख्न प्रोत्साहन गरिएको प्रमाण नै भेटिएको छ ।
मेयरका अनुसार पछिल्लो समयमा गाविस हुँदा उक्त ठाउँमा कार्यालय संचालन भई रहेको थियो । तर, देश संघियतामा परिवर्तन भए पछि बोदे बर्साइन गाविस बोदे बर्साईन नगर पालिकामा परिवर्तन भए उक्त ठाउँमा कार्यालय संचालन कठिनाई भए पछि कार्यालय संचालन गर्न र भविष्यमा कार्यालयहरु बनाउन प्रयाप्त हुने सोचका कारणले दश कठ्ठा जग्गा नगरपालिका नाममा नामसारी गरेको मेयर यादवले जानकारी दिएका छन् । यता संघर्ष समितीका सदस्य धनकिशोर साहलाई आपसि रिसिबिका कारण मेयर यादवले नै कुटपिट गराएको आरोप लगाउँछन् ।
तर यो आरोप पनि निराधार भएको स्थानीय बताउँछन् । मेयर यादवको परिवारले विगतदेखि नै विकास निर्माणका लागि विद्यालय, स्वास्थ्य चौकी, क्याम्पस लगायत विभिन्न संघ संस्थालाई सय करोडौभन्दा बढि रकमको जग्गा सहयोग गर्ने गरेको स्थानीय नागरिकले बताउने गरेका छन् ।
मेयर यादवले गरेको दान कति हो कति । श्री शत्रुधन माध्यमिक विद्यालय नेगडालाई दश विघा साढे पाँच कठ्ठा, बोदेबसाईनमा रहेका हरिशंकर मन्दिरलाई सात विघा एक कठ्ठा पाँच धुर समेत दानमा दिएका छन् ।
त्यस्तै स्वास्थ्य चौकी बोदे बसाईनलाई सात कठ्ठा दिएका छन् । स्थानिय चौकमा बजार व्यवस्थापन गर्नका लागि एक विघा १५ कठ्ठा समेत दानमा दिएका छन् । यति जग्गा दान गर्ने परिवारले सानो जग्गामा किन लोभ हुने समेत मेयर यादवले बताए ।