काठमाडौं, २५ पुस । अमेरिकाको मिचिगन स्टेटमा बस्दै आएका झापाका भानुभक्त गौतमले ‘ग्राभिटी इन्जिन्’ निर्माणको नजिक पुगेको दाबी गरेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर विगत २७ वर्षदेखि उक्त विषयमा खोज, अनुसन्धान र अध्ययन गर्दै आएको बताउँदै आफु ग्राभिटी इन्जिन् निर्माणको अन्तिम चरणमा पुगेको दाबी गरेका हुन ।
उनले भने,‘म झापाको गौरादह नगरपालिका वडा नम्बर ५ मा जन्भिएको मानिस हुँ, हाल अमेरिकाको मिचिगन स्टेटमा पर्ने जनरल मोर्टर्स कम्पनी अन्तरगत गेष्ट्याम्प कम्पनी (ट्रेनर पद) मा कार्यरत छु । ग्राभिटि इन्जिनसम्बन्धी खोज, अध्ययन र अनुसन्धान गर्दै आएको छु । मेरो अध्ययन, अनुसन्धान र खोजले केही तथ्याङकहरु प्राप्त गरेको छ ।’
उनले अघि थपे,‘म सानैदेखि यस विषयमा खोज गर्दै अमेरिका पुगेको हुँ, दुवई, कतारका विभिन्न अमेरिकन ब्रान्च क्याम्पसमा कार्यरत प्राध्यापकसँग अनुसन्धान तथा अध्ययन गर्दै आज ग्राभिटी इन्जिन निमार्ण गर्ने लक्ष्यमा पुग्दैछु । यो विषय नयाँ विषय होईन, विश्वका धेरै अनुसन्धानकर्ताहरुले खोज गरेका छन्, समय र लगानी लगाएका छन्, तर निरन्तरता दिन भने सकेनन्, यो मेरो दाबी हो, म यो प्रमाणित गरेरै छोडछु भनेर लागेको छु, (सुत्र–फलिङ् रक) झरिरहेको ढुङ्गाको (आँफै टिप्ने र आँफै खस्ने) उपकरण आविष्कार गरिसकेको छु ।’
पेन्डुलमको साहराले बल संचित हुने कुरा बताउँदै अनुसन्धानकर्ता गौतमले ६५ केजीको डिभाइस सात फिटको लम्बाईमा डोरीको सहायताले झुण्ड्याउँदा त्यसलाई निरन्तर हल्लाईराख्न ४ देखि ५ केजीसम्म बल भए पुग्नेपनि सुनाए ।
उनले अघि थपे,‘तर, प्राक्टिकलको रिपोर्ट अनुसार के आयो भने जब ६५ केजिको भारी बस्तुलाई एकपटक मज्जाले हल्लाएर छोड्दा हल्लिरहेको पेन्डुलम ११ पटकसम्म साँढे ६ केजी बल चोर्न सकिन्छ । त्यसले हामीलाई सित्तैमा साँढे ६ केजि दिएर पनि चालमा रहन्छ । फलस्वरुप ११ पटक साँढे ६ केजी बल पाएपछि प्राक्टिकलमा त्यसलाई (फलिङ रक) झरिरहेको ढुङ्गाको सुत्र प्रयोग गरि साँढे ६ केजी बलले ११ केजी बल उचालेर छोडिदिन्छ ।’
उनले भने,‘जसबाट ११ केजी बल पछारिँदा कम्तिमा पनि १८ देखि २२ केजी बलमा परिणत हुन्छ । त्यसलाई गल प्रविधिबाट फेरी मल्टिपल गराई ४० देखि ४५ केजी बल ११ पटक प्राप्त हुन्छ । तर हामीलाई ६५ केजीको झुन्डिएको पेन्डुलम हल्लाउन बल वा ईन्धन कति आवश्यक छ ? जबकी ६५ केजीको पेन्डुलमले हामीलाई साढे ६ केजी बल दिईराखोस भन्नको लागि ४ देखि ५ केजी बल मात्र चाहिएको छ । तर, प्राक्टिकलको रिपोर्टअनुसार ४५ केजी बल ११ पटकसम्म प्राप्त गरिसकेका छौं । हो यही प्राक्टिकलको रिपोर्टअनुसार हामीलाई ईन्धन प्राप्त भएको हो ।’
आफुले ग्राभिटी इन्जिन्को सहरामा प्राप्त गरेको बल उपभोगमा परिणत गर्नको लागि आधुनिक प्रविधिको ल्यावको खाँचो रहेको गौतमको भनाई छ । उनले सरकारलाई यस कार्यमा आफूलाई सक्दो साथ दिन आग्रह गरेका छन् ।
उनले भने,‘म विश्वका धेरै मानिसहरु असफल भएको र विज्ञानलेसमेत वास्ता नगरेको विषयलाई मैले उठाउने काम गरेको छु, गूरुत्वाकर्षणको सबैभन्दा ठूलो कमजोरी नै पेन्डुलम हो भनेर प्रमाणित गर्ने नेपाली बन्दै गर्दा राज्यले मलाई आवश्यक पर्ने आधारभुत कुराहरुमा साथ दिनुपर्छ भन्ने अपेक्षा छ, साथै यस विषयमा बारेमा अध्ययन, खोज र अनुसन्धान गर्न चाहनेले मसँग सम्पर्क गर्न सक्नुहुनेछ ।’ उनले आफूलाई यसमा सफलता प्राप्त गर्न ‘प्रोफेश्नल डिजिटल ल्याब’ को खाँचो रहेको सुनाए ।
प्रेस विज्ञप्ती
प्रिय पत्रकार साथीहरु,
ग्राभिटि इन्जिन् खोज, अनुसन्धान तथा अध्ययन गर्ने क्रममा प्राप्त भएका तथ्याङ्कहरु सार्वजनिक गर्न क्रममा यो पत्रकार सम्मेलन गरिएको हो । झापा गौरादह नपा वडा नम्बर ०५ स्थायी घर भई हाल अमेरिकाको मिचिगन स्टेटमा पर्ने जनरल मोर्टर्स कम्पनि अन्तरगत गेष्ट्याम्प कम्पनि (ट्रेनर पद) मा कार्यरत रही ग्राभिटि इन्जिन् सम्बन्धि खोज, अध्ययन र अनुसन्धान गर्दै आएको कुरा जानकारी गराउँदछु । मेरो अध्ययन, अनुसन्धान र खोजका आधारमा निम्न तथ्याङकहरु प्राप्त गरेको छु ।
१. ग्राभिटी इन्जिन्को मुल सिद्धान्त
भारी पेन्डुलमलाई डोरीको सहायताले झुण्ड्याएर त्यसलाई हल्लाई त्यसैबाट थोरै थोरै बल चोरेर त्यो बललाई (फलिङ रक) को उपकरणद्धारा प्रयोगमाल्याई त्यसै बललाई दुईगुणा हुँदै चारगुणा बनाई फेरी त्यो बललाई अर्को झुण्डिएको पेन्डुलम हल्लाउन प्रयोगमा ल्याउने । किन कि झुण्डिएको भारी बस्तुलाई हल्लाउन थोरै बल भए मात्र पुग्छ । गुरुत्वाकर्षणलाई जबसम्म बाध्य भएर काम गर्ने बातावरणको सिर्जना गर्न सकिदैन । जबसम्म त्यसलाई प्रयोगमा ल्याउन सकिदैन । मेरो खोजको मुल लक्ष्यनै गुरुत्वाकर्षणलाई बाध्य भएर काम गर्ने बातावरण सिर्जना गर्नु हो ।
यहि सिद्धान्तलाई आधार मान्दै त्यो हल्लिरहेको पेन्डुलमबाट पनि थोरै थोरै बल चोरेर (फलिङ रक) सुत्र प्रयोग गरि त्यो बललाई दुईगुणा चारगुणा बनाई अलिकति बलले पेन्डुलमलाई निरन्तर गराई त्यसबाट बचेको बलले डायनामा घुमाई विद्युत अथवा क्लिन इनर्जि निकाल्नु हो । जसबाट मानव जातिले विजुली वा घरेलु काममा प्रयोग गर्न सकोस् ।
२. गुरुत्वाकर्षणको सबै भन्दा ठूलो कम्जोरी नै पेन्डुलम हो । किन र कसरी ?
गुरुत्वाकर्षणबाट हरेक कुराहरु सतहमा पछारिन्छन् र चाल बन्द भएर रहन्छन् । पेन्डुलम पनि गुरुत्वाकर्षणले गर्दा एक पटक कुनैपनि भारी वजनजार बस्तुलाई डोरीमा झुण्ड्याएर एक पटक मज्जाले हल्लाउँदा त्यो १ सय ५० देखि २ सय पटकसम्म हल्लि रहन्छ । त्यस्तै गुरुत्वाकर्षणले हरेक चिजको चाल बन्दगर्ने काम गर्दछ । त्यस्तै गुरुत्वाकर्षणको फोर्सले हल्लि रहेको पेन्डुलमलाई गुरुत्वाकर्षणले रोक्न चाहन्छ तर एकै पटक किन रोक्न सक्दैन ?
किन पटक–पटक पेन्डुलम हल्लि रहन्छ । किन कि गुरुत्वाकर्षण बाध्य छ । र यहि कारण हो कि जसबाट गुरुत्वाकर्षणको लामो समयसम्म चालमा रहिरहने प्रक्रिया पेन्डुलममा हुन्छ । गुरुत्वाकर्षणले हल्लि रहेको पेन्डुलमलाई हतपत रोक्न नसक्ने र रोकिहाले पनि केही समय लाग्ने भएकोले यहि अर्थमा प्राक्टिकलको रिपोर्ट अनुसार गुरुत्वाकर्षणको सबैभन्दा ठूलो कम्जोरी नै पेन्डुलम हो ।
३.किन गुरुत्वाकर्षणबाट चल्ने ग्राभिटी इन्धन (बल) पत्ता लागि सकेको छ भनियो कसरी ?
मैले यो विषयका बारेमा खोज, अध्ययन र अनुसन्धान गरेको २७ वर्ष भयो । फलस्वरुप यो अनुसन्धान र ल्यापको प्राक्टिकल रिपोर्टले के तत्थ्याङ्क भेटिएको छ भने एउटा ६५ केजीको डिभाइस सातफिटको लम्बाईमा डोरीको साहयताले झुण्ड्याउँदा त्यसलाई निरन्तर हल्लाईराख्न ४ देखि ५ केजीसम्म बल भए प्राप्त हुन्छ । तर प्राक्टिकलको रिपोर्ट अनुसार के आयो भने जब ६५ केजिको भारी बस्तुलाई एक पटक मज्जाले हल्लाएर छोड्दा हल्लि रहेको पेन्डुलम ११ पटकसम्म साढे ६ केजी बल चोर्न सकिन्छ । त्यसले हामीलाई सित्तैमा साढे ६ केजि दिएर पनि चालमा रहिन्छन् । फलस्वरुप ११ पटक साढे ६ केजी बल पाएपछि प्राक्टिकलमा त्यसलाई (फलिङ रक) झरिरहेको ढुङ्गाको सुत्र प्रयोग गरी साढे ६ केजि बलले ११ केजि बल उचालेर छोडिदिन्छ ।
जसबाट ११ केजि बल पछारिदा कम्तिमा पनि १८ देखि २२ केजी बलमा परिणत हुन्छ । त्यसलाई गल प्रविधिबाट फेरी मल्टिपल गराई ४० देखि ४५ केजी बल ११ पटक प्राप्त हुन्छ । तर हामीलाई ६५ केजिको झुन्डिएको पेन्डुलम हल्लाउन बल वा इन्धन कति आवश्यक छ ? जबकी ६५ केजीको पेन्डुलमले हामीलाई साढे ६ केजी बल दिईराखोस भन्नको लागि ४ देखि ५ केजी बल मात्र चाहिएको छ । तर प्राक्टिकलको रिपोर्टर्स अनुसार ४५ केजी बल ११ पटकसम्म प्राप्त गरिसकेका छौं । हो यहि प्राक्टिकलको रिपोर्ट अनुसार हामीलाई ईन्धन प्राप्त भएको हो ।
४.झरिरहेको ढुङ्गा ( फलिङ रक) भनेको के हो ?
झरीरहेको ढुङ्गा (सुत्र–फलिङ रक) भनेको कुनैपनि बस्तु हामीले सतहबाट उठाएर छोडिदिन्छौ भने स्वतः रुपमा त्यस वजन बढि सतहमा पछारिन्छ । जस्तै एक केजि बस्तु उठाएर छोडिदिन्छौं भने स्वतः रुपमा एक केजी भन्दा भारीभई सतहमा पछारिन्छ । अथवा एक केजिबाट डेढ केजीदेखि २ केजिमा परिणत हुन्छ । यहि प्रक्रियालाई सुत्र बनाई यस ग्राभिटी इन्जिन्मा प्रयोग गरिएको छ । यसै प्रविधिलाई झरीरहेको ढुङ्गा ( फलिङ रक) भनिएको हो ।
५. आफै टिप्ने र आफै खस्ने उपकरणको आविष्कार भईसकेको छ । किन र कसरी ?
जबकि कुनैपनि निर्जिव बस्तुमा चालको प्रक्रिया हेर्दा कुनैपनि बाहिरि शक्ति (आउटपुट इनर्जी) प्रयोग नगरी आफै आफै प्रयोगमा आउछ भने त्यो केले गरायो त ? किन नि त्यसमा गुरुत्वाकर्षणले बाध्य भएर काम गर्ने बातावरण सिर्जना गर्न सफल भईसेकेका छौं ।
त्यस्तै रुपमा यो असम्भव थियो । तर (फलिङ रक) को सुत्र सिद्धान्त, उपकरणको प्राक्टिकल अनुसार यो सफल भएरै छाड्यो । जसरी असम्भव कुराहरुलाई सम्भव प्रायः बनाउन उपकरणको आवश्यकता पर्दछ । उपकरणको काम नै असम्भव कुरालाई सम्भव बनाउनु हो । संसारमा आफै टिप्ने र आफै खसाल्ने अहिलेसम्म नभएको र प्राक्टिकलको रिर्पोर्ट अनुसार आफै टिप्ने र आफै खसाल्ने उपकरणको आविष्कार भइसकेको छ ।
६.पेन्डुलम भनेको के हो ?
एउटा वजनदार डिभाईसलाई डोरीको सहायताले झुण्ड्याई एक पटक मज्जाले हल्लाएर छोडिदिदा चालमा आई हल्लिरहेने प्रक्रियालाई नै पेन्डुलम भनिन्छ ।
७. यो खोज कहाँसम्म पुग्यो ? सफल हुन के–के कुराको आवश्यक पर्ला ? कति समय लाग्ला ?
सबै भन्दा पहिले म एक नेपाली भएको कारण गर्व लाग्दछ । किन कि आज २७ वर्षसम्मको अनुसन्धान, अध्ययन र खोजको आधारमा भन्नुपर्दा अहिलेसम्म विश्वमा गरिएको ग्राभिटी इन्जिन् खोज अनुसन्धान गरिएको मध्य किन सफल भएनन् ? किन छोडिए ? किन त्यसलाई पूर्ण खोजको विषय बनाएनन् ? किन कि उनीहरुले अपनाएको सिद्धान्त नै गलत थियो । म चाँही किन यसलाई निरन्तरता दिन चाहन्छु ? यस इन्जिन्मा अरुभन्दा फाईदा के छ त ?
किन कि हामीलाई यसबाट प्राप्त भएको बल अथवा इन्धन यहाँ छ भनेर देखाउन र त्यो बल र इन्धनलाई कसरी प्रयोग गर्ने भनेर प्राक्टिकल रिपोर्टले देखाइ सकेको छ । यस इन्जिन्मा स–साना तथा ठूला उपकरणहरु प्रयोग गरिएका छन् । यसको चाल र बातावरणलाई अध्ययन गर्दा यो ईन्जिन् ७५ प्रतिशत पूर्णता पाईसकेको यसको प्राक्टिकल रिपोर्टमा प्राप्त भएको कुरा हो ।
यस इन्जिन्मा बल (इन्धन) यहाँनेरी छ भनेर प्रष्ट देखाउन सक्छौ । त्यो बललाई केमा प्रयोग गर्ने भनेर बाटो देखाउन सक्छौं । म यही प्रक्रियालाई पुरा गर्न डिजिटल प्रोफेशनल ल्यावको खोजिमा छु । अपेक्षा गरिएका र आवशकीय प्राविधिको उपलब्धता भएको खण्डमा यो सिद्धान्त निकट समयमै पुष्टि हुनेछ । यसभन्दा पहिले झापाको गौरादह नपा अन्तरगत यसै ग्राभिटि ईन्जिन्को उपकरणहरु मध्य १६औं उपकरणको अभ्यास गरेको थिए ।
भानुभक्त गौतम
अनुसन्धान कर्ता
९८१३८६२९०१