Logo

मन्त्री बाँस्कोटाले किन गरे प्राधिकरणमा छड्के अनुगमन ?



पुष २६, काठमाण्डौ । सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाल दूरसञ्चार प्राधिकरणमा निरिक्षण गरेका छन् । बिहीबार बिहान ९ः४५ बजे नै मन्त्री बाँस्कोटा कमलादीस्थित प्राधिकरणको कार्यलयमा पुगेका थिए ।

करीब ४५ मिनेट एनटिएमा बिताएका बाँस्कोटाले सबै कार्यकक्षमा पसेर प्रतिक्रिया लिएका थिए ।

मन्त्रीले प्राधिकरणको सबै विभाग र शाखाको कार्यकक्षमा पसेर अपडेट लिएका थिए ।

मन्त्री बास्कोटाले सूचना प्रविधि तथा दूरसञ्चारको क्षेत्रमा परिवर्तन देखिने गरी काम गर्न निर्देशन दिएका थिए ।

अधिकारीका अनुसार, काम छिटो छरितो हुनुपर्यो भन्नेमा उनले जोड दिएका थिए ।

प्राधिकरणले अहिले गरिरहेका कामको अवस्था र समस्याहरुका बारेमा दुई दिनभित्र मन्त्रालयमा जानकारी गराउन बास्कोटाले निर्देशन दिनएका छन् ।

प्राधिकरणको अध्यक्षबाट दिगम्बर झाले राजीनामा दिएपछि मन्त्री बाँस्कोटाले प्राधिकरणकै दोस्रो हैसियतका निर्देशक पुरुषोत्तम खनाललाई निमित्त कार्यलय प्रमुखको जिम्मेवारी दिएका छन् ।

अनुगमनका क्रममा मन्त्री बाँस्कोटाले दूरसञ्चार कम्पनीहरुको लाइसेन्स वितरण, ग्रामीण दूरसञ्चार कोष, दूरसञ्चार सेवाको गुणस्तर लगायतका विषयमा विशेष चासो दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्