Logo

‘डाक्टर केसीको अनशन, माफियालाई टेन्सन’ भन्दै माईतीघरमा प्रदर्शन



काठमाडौं, २८ पुस । ईलाममा अनशनरत डाक्टर गोविन्द केसीका समर्थकहरुले आज काठमाडौंको माईतीघरमा उनको माग पूरा गराउन सरकारलाई दबाब दिएका छन् । उनीहरुले आज बृहत्त प्रदर्शनीसमेत गरेका छन् ।

मेडिकल शिक्षामा सुधारको माग राखेर १६ औं पटक अनशन बसेका डाक्टर गोविन्द केसीको माग पूरा गर्न माग गर्दै उनीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। ‘माफियाको मिसन सिटामोलमा कमिसन, ३ करोड नेपालीलाई कहिलेसम्म ढाँटिरहेने?, डाक्टर केसीको अनशन माफियालाई टेन्सन, झुरतन्त्र कहिलेसम्म माफिया छन् जहिलेसम्म’ जस्ता नारा लगाएर शनिबार दिउँसो प्रदर्शन गरिएको हो।

सोलिडारिटी फर डाक्टर केसी एलाइन्सको अगुवाइमा भएको प्रदर्शनमा ‘ओली सरकारको मन्त्र नागरिकलाई झुरतन्त्र’ नारा पनि लागेको छ।

डाक्टर केसीको माग पूरा नभएसम्म हार नमान्ने उनीहरूले बताएका छन्। ‘एक, दुई, तीन, चार हामी मान्ने छैनौं हार, डाक्टर केसी एक्ला छैनौं हामी तिम्रो साथ छौं, सम्झौता तोड्न पाइँदैन माफियामुखी ऐन चाहिँदैन’ भन्दै उनीहरूले नारा लगाएका हुन्।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्