डोल्पा, १ माघ । डोल्पाको ठुलिभेरि नगरपालिको स्थायी केन्द्र जुफालका लागि सर्वोच्चले अन्तिम निर्णय गरेको छ।सर्वोच्चका माननिय न्यायधिसद्धय पुरुषोत्तम भण्डारि र न्यायधिस बमकुमार श्रेष्ठको संयुक्त इजलाशले केन्द्र सार्ने निर्णयविरुद्ध परेको रिट खारेजी गर्दै २०७४आषाढ ३१को ठुलिभेरि नगरपालिकाको नगर सभा तथा२०७४फाल्गुण १४मा राजपत्रमा प्रकाशित सुचनालाइ कानुनसंगत ठहर गर्दै जुफाललाई नै स्थायी केन्द्र तोकेको छ।नगरपालिकाको केन्द्र जुफाल सरेलगतै उपमेयर पक्षले अषन्तुष्टि जनाउदै सर्वोच्चमा चैत्र ५मा केन्द्र सार्ने निर्णय विरुद्ध रिट दायर गरेका थिए ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४को उपदफा ५मा ‘गाउपालिका तथा नगरपालकिाको पहिलो निर्वाचन मितिले ६ महिनाभित्रसम्बन्धित सभामा तत्काल कायम रहेको सदस्य संख्याको बहुमतवाट प्रस्ताव पारित गरी एक पटकको लागि गाउँपालिका र नगरपालिकाको केन्द्र वा नाम हेरफेर गर्न नेपाल सरकारमा सिफारिस गरेमा नेपाल सरकारले सो सिफारिस गरे बमोजिम नाम वा केन्द्र हेरफेर गर्नुपर्नेछ । ’ भन्ने कानुनी व्यवस्था प्रस्ट रहेको देखिन्छ ।
दुनै जिल्ला सदरमुकाम भएको तर आवादिको ठूलोजनघनत्व रहेको जुफाल प्रवेशद्वार पनि भएको र एकमात्र सुविधा सम्पन्न विमान स्थलसमेत जुफालमा रहेको हुँदा स्थानीय स्वयात्त शासन ऐन २०५५ को दफा ७२ बमोजिम असल नियतले जुफाल केन्द्र सार्ने गरी जारी भएको सो माइनट कानुन सम्वत भएको हुँदा झुटा रिट निवेदन खारेज गर्न सर्वोच्चले आदेश दिइएको छ।
साथै कानुन बमोजिम गनुपर्ने दायित्व सम्पन्न गरेको विषयमा यस मन्त्रालयलाई अनावश्यक विपक्ष बनाई दर्ता गरिएको प्रस्तुत रिट निवेदन खारेज गरी पाउँ भन्ने व्यहोराको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय सिंहदरवार काठमान्डौको लिखत जवाफ लगायत अन्य व्यक्तिको लिखत आधारमा टेकेर सर्वोच्चले अन्तिम फैसला गरेको छ ।
विवाद कहिले सुल्झिएला रु भनेर कुरेर बसेका जनप्रतिनिधि तथा नगरवासीहरु ढिलै भए पनि नगर विबाद सुल्झीएको छ।नगर विवादको नाममा अनावश्यक भाँडमैलो मच्चाउने,विवाद भएकोमा रमाउने सिमित मान्छेहरुको बोलीमा पक्कै बिर्को लाग्नेछ ।