काठमाडौं,१माघ । इङलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराती भएको खेलमा म्यान्चेष्टर सिटीले वुल्भरह्याम्पटन वान्डरर्सलाई ३–०गोल अन्तरले पराजित गरेको छ ।
म्यान्चेष्टर सिटीका ब्राजिलियन खेलाडी ग्याब्रियल जिससले गरेको दुई गोलको अग्रतासंगै खेलको ७८ औ मिनेटमा वुल्भरह्याम्पटनका कोनोर कोडीले आत्मघाती गोल गरेपछि सिटीको ३–० को जित पक्का भएको थियो ।