Logo

मर्यादाक्रमप्रति प्रमुख जिल्ला अधिकारी असन्तुष्ट



काठमाडौं २ माघ । सरकारले नयाँ मर्यादाक्रम सार्वजनिक गरेपछि देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले आपत्ति जनाएका छन् ।

उनीहरुले नयाँ मर्यादाक्रममा संघीय सरकारका प्रतिनिधिसमेत रहेका प्रजिअलाई स्थानीय तहका जनप्रतिनिधिसरह राखेर अपमान गरेको भन्दै आपत्ति जनाएका हुन् । कानुन कार्यान्वयनको क्षेत्राधिकार, भौगोलिक, प्रशासनिक र न्यायिक क्षेत्रलाई समेत ध्यान दिएर मर्यादाक्रम तोक्नुपर्नेमा सरकारले सिडिओ र स्थानीय तहका प्रतिनिधिलाई एउटै बास्केटमा राखेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । –नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्