काठमाडौं, २ माघ । भ्रष्टाचार आरोपित चुडामणि शर्मा यतिवेला शक्तिकेन्द्र धाउनमा व्यस्त छन् । भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेका आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्मा राजनीतिक चलखेलकै कारण बढुवा हुँदा पहिलो नम्बरमा पार्न सफल भएका थिए ।
उनी यतिवेला प्रधानमन्त्री केपी शर्मा ओली र अहिलेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको मान्छे हुँ भन्दै हिँड्न थालेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई सय २५ सह–सचिवको नाम सार्वजनिक गर्दा उनै भ्रषटचार आरोपित शर्मा पहिलो नम्बरमा पर्न सफल भए ।
शर्माको मुद्दा तत्कालिन न्यायाधीश चोलेन्द्र शमशेर राणा (हालका प्रधानन्यायाधीश) र न्यायाधीश प्रकाश सिंह राउतको इजलासमा परेको थियो । शर्मासहित तीन जनालाई अख्तियारले करिब ११ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । शर्माबारे अन्तिम फैसला चाँडै हुँदैछ । स्रोतका अनुसार उनी अदालतले आफूलाई निर्दोष सावित गर्नेमा विश्वस्त छन् ।