काठमाडौं, ३ माघ । अनसनरत अभियन्ता डाक्टर गोविन्द केसीलाई भेट्न नागरिक अगुवाहरू इलाम गएका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना र त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा केसीको अनसनमा ऐक्यवद्धता जनाउन बिहीबार इलाम गएका हन् ।
सरकारसँग भएको सहमतिविपरित संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक पारित गरेपछि पुस २५ गते डाक्टर केसीले इलामस्थित सहरी विकास तथा भवन निर्माण विभागको डिभिजन कार्यालयमा १६ औं अनसन सुरू गरेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अहिले जिल्ला अस्पताल इलाममा राखिएको छ।