Logo

‘मेरो स्वीस बैंकमा खाता छैन, पैसा भए राज्यले जफत गरोस्’



काठमाडौं, ३ माघ । आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले सेन्टर फर इन्भेष्टिगेटिभ जर्नलिज्म (सिआईजे) नेपाल मार्फत तयार रिपोर्ट सञ्चारमाध्यमहरुमा सार्वजनिक भएको समाचारमा आफ्नो नाम जोडिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

समाचार आएको भोलिपल्ट आज बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गरेर ढकालले यस्तो बताएका हुन् । ढकालले उक्त रिपोर्टप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

बुधवार सार्वजनिक भएका पाँच समाचार र त्यससँग सम्वन्धित सम्पादकीय इन्टरनेशल कन्सोर्टिएम अफ इन्भेष्टिगेटिभ जर्नालिज्म (आईसिआईजे)सँग उपलब्ध प्राडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा आधारित भएको उनले बताए । प्राडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा हामी र हामीसँग सम्वन्धित कुनै पनि कम्पनीको नाम कहि कतैबाट नजोडिएको उनले बताए ।

ढकालले कुनै पनि स्वीस बैंकमा खाता नरहेको, कुनै पनि ट्याक्स हेभन मुलुकमा कम्पनी दर्ता नभएको र आईएमई ग्रुपले प्रवर्धन गरेका कुनै पनि कम्पनीमा ट्याक्स हेभन मुलुकबाट लगानी नआएको स्पष्ट पारे ।

ढकालले भने, ‘बेलायतमा खोलिएको एउटा कम्पनीको विषयलाई जोडेर भ्रम सिर्जना गरी हाम्रो सार्वजनिक छविमा क्षती पुर्याएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामी यसमा गम्भिर आपत्ती समेत प्रकट गर्दछौं ।’



प्रतिक्रिया दिनुहोस्