काठमाडौं, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओली शिक्षामन्त्री गिरिराजमणि पोखरेल र आफ्नै पार्टीका सांसदहरुको भर पर्दा गोविन्द केसी १६ औं अनशन बस्नु परेको रहस्य खुलेको छ । प्रधानमन्त्री ओलीले विद्येयक पारित गर्नुपुर्व शिक्षामन्त्री र समितिमा रहेका नेकपाका सांसदहरुलाई केसीको माग सम्बोधन हुन्छन् कि हुँदैन भनेर चासो राखेका थिए ।
उनीहरुले केसीका सबै मागहरु पूरा भएको दाबी गरेका थिए । तर, विद्येयकमा केसीसँग यसअघि भएको सम्झौता हुबहु लागु नगरिएको भन्दै केसी अनशन बसे । हिजो प्राईम टाईम्स टेलिभिजनमा पत्रकार ऋषि धमलाले पूर्व स्वास्थ्यमन्त्री एवम् सांसद गगन कुमार थापासँग लिएको अन्र्तवार्ता हेरेपछि प्रधानमन्त्रीले आफूलाई मन्त्री र आफ्नै पार्टीका सांसदहरुले गुमराहमा राखेको थाहा पाएका हुन् ।
प्रधानमन्त्री विश्व आर्थिक सम्मेलनमा भाग लिन स्विट्जरल्याण्ड जानुपुर्व नै केसीसँग वार्ता गर्ने पक्षमा पुगेका छन् । केसीका सबै मागहरु पूरा गरेरै छोड्ने प्रधानमन्त्री ओलीको चाहना रहेको ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।