Logo

उपराष्ट्रपतिद्धारा दोस्रो हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन(फोटोफिचर)



काठमाडौँ,४ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले आजदेखि शुरु भएको दोस्रो हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गरेका छन । राजधानीको भृकुटी मण्डपमा आयोजीत उद्घाटन कार्यक्रममा बोल्दै उनले नेपालमा ऊर्जा क्षेत्रको विकासका लागि लगानीको त्यत्ति धेरै समस्या नभए पनि नीतिगतरुपमा केही सुधार तथा समयानुकूल बनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्रै देशको ऊर्जा क्षेत्रमा ठूलो समृद्धि आउने बताए। नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता भित्र्याउनका लागि पनि स्पष्ट कानूनी आधार र लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोग दिएका थिए ।एक्स्पोमा ८५ भन्दाबढी प्रदर्शकले १०० भन्दा बढी कक्ष बुकिङ गरेका छन् । जलविद्युत् क्षेत्रको महत्वपूर्ण तथा ठूलो मानिएको यो एक्स्पोमा एक लाख बढी अवलोकनकर्ताको सहभागिता रहने अनुमान गरिएको छ ।

चीन, भारत, अष्ट्रिया, दक्षिण कोरिया, स्वीडेन, जर्मनी, बुल्गेरिया, बङ्गलादेश तथा बेलायतलगायत मुलुकका जलविद्युत् क्षेत्रसँग सम्बन्धित कम्पनी एक्स्पोमा सहभागी भएका छन् । यस्तै जलविद्युत् आयोजना निर्माणमा प्रयोग हुने यन्त्र, उपकरण तथा सामग्रीसँग सम्बन्धित कम्पनीको सहभागिता छ ।आधुनिक सौर्य प्रणाली, विद्युतीय सवारीसाधन, हाइड्रो मेकानिकलका साथै आधुनिक निर्माण उपकरण, आकर्षणका रुपमा रहेको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले जानकारी गराएका छन।

फोटोःमुकुन्द कालिकाटे



प्रतिक्रिया दिनुहोस्