काठमाडौं, ४ माघ । प्राईट टाईम्स टेलिभिजनका अध्यक्ष एवम् रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमला एपिक नेपाल कला पत्रकारिता सम्मान–२०७५ बाट सम्मानित भएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच पत्रकार धमलालाई सम्मान गरिएको हो । पत्रकार धमलालाई नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्मान गरेका हुन् ।
धमलालाई प्रदान गरिएको सम्मानपत्रमा भनिएको छ,‘नेपाली कला, साहित्य, संस्कृति, सामाजिक विकृति र विसंगति, राजनीतिक र समसामयिक पक्षको उजागर गर्दै राज्यको चौथो अंगको रुपमा परिभाषित संचार क्षेत्रमा विगत लामो समयदेखि कार्यरत रहि यहाँले पुर्याउनु भएको योगदान अतुलनीय र अनुकरणीय रहँदै आएको छ । एपिक नेपाल म्युजिक अवार्ड २०७५ को यस भव्य र सभ्य कार्यक्रममा तपाईले सञ्चार क्षेत्रमा पुर्याउनु भएको योगदानको गर्दै एपिक नेपाल कला पत्रकारिता सम्मान २०७५ अर्पण गर्दछौं ।’