माघ ४, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आगामी मंगलबारदेखि स्विजरल्याण्डमा सूरु हुने विश्व आर्थिक मंचको बैठकमा सहभागी हुँदैछन् ।
स्विजरल्याण्डको ढाओस सहरमा मंगलबारदेखि आयोजना हुने ४ दिने विश्व आर्थिक मंचको बैठकमा आफू नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुने औंपचारिक जानकारी संघीय संसदलाई गराएका छन् ।
विश्वकै विकास र लगानीसम्बन्धी उच्चस्तरीय सो मंचको बैठकमा नेपालले पहिलो पटक सहभागी हुने अवसर प्राप्त गरेको हो । नेपालले द्वन्द्व व्यवस्थापनसहितका राजनीतिक तथा सामाजिक परिवर्तनमा उल्लेख्य प्रगति गरेपछि विश्व आर्थिक मंचले पनि नेपालको महत्वलाई बुझेर सो बैठकमा निमन्त्रणा गरेको पनि प्रधानमन्त्री ओलीले स्पष्ट पारेका छन् ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराईले प्रधानमन्त्रीको माघ ६ देखि १२ सम्म स्वीट्जरल्याण्डको डाबोसमा हुन लागेको ‘वल्र्ड इकोनोमी फोरम’ नेपालमा लगानीको वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
भट्टराईले मुलुकमा संविधान निर्माण भई स्थिर सरकार बनेको बताउँदै मुलुकले लिएको आर्थिक विकासको लक्ष्यलाई पूरा गर्न सम्मेलनले ठूलो सहयोग पुग्ने दावी गरेका हुन् ।
त्यसैगरी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राध्यापक डाक्टर गोविन्दराज पोखरेल मुलुकमा लगानीको वातावरण घट्दै गएको वर्तमान अवस्थामा सम्मेलनले लगानीको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सो भ्रमणका लागि आगामी आईतबार ६ गतेसाँझ स्विजरल्याण्डतर्फ प्रस्थान गर्नेछ भने आगामी माघ १२ गते शनिबार साँझ स्वदेश फर्कनेछ ।
ओलीका स्विजरल्याण्ड भ्रमणलाई अब जोडौँ विदेशमा नेपालीको अवैध धनसँग ।
विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन २०२१ अनुसार विदेशमा लगानी गरे जेल सजायसम्म हुने व्यवस्था छ । तर एक अनुसन्धानले ५५ जना नेपालीले विश्वका विभिन्न बैंकमा अवैध रकम राखेको खुलासा गरेको छ । यो तथ्य खुलासा भएको एक हप्ताभित्रमा नै ओली स्विजरल्याण्ड जाँदैछन् । स्विजरल्याण्ड त्यही देश हो जहाँ नेपालीहरुको अरबौँ अवैध पैसा छ ।
अवैध धन र ओलीको भ्रमण संयोग मात्रै होला । तर अवैध धनबारे अनुसन्धान गर्ने विषयमा ओलीको ध्यान जाला कि नजाला ?
केही प्रश्न :
नेपाली नागरिकले अवैध काम गर्नुमा नेपाल सरकारको कमजोरी छ कि छैन ?
अवैध रुपमा विदेशमा पैसा राखेको भनिएकाहरु :
उपेन्द्र महतो, विरेन्द्र महतो, अजयराज सुमार्गी, चन्द्र ढकाल, अरुणकुमार चौधरी लगायत डाक्टर प्राध्यापकमाथि अब छानविन हुन्छ त ?
नेपालले विदेशमा राख्ने पैसा कसरी अवैध हुन्छ ?
खोज पत्रकारिता केन्द्र नेपालले गरेको अनुसन्धानबाट ५५ नेपालीको ५४ अर्ब रुपैयाँ विदेशी बैंकमा राखेको खुलासा भएको छ । यसले नेपालको अर्थतन्त्रमा कस्तो असर गर्छ ?
विदेशी बैंकमा पैसा राख्नु र विदेशमा कम्पनी खोल्नुलाई वैधानिकता दिन मिल्छ कि मिल्दैन ?
केही नेपालीहरुले त आफूहरुले विदेशमा पैसा राखेको भन्ने प्रतिवेदन नै गलत भएको दावी गरेका छन् । यो सत्य हो कि होइन ?
जसरी रिपोर्टहरु सार्वजनिक भएका छन त्यसमा सत्यता छ भने र विदेशमा लगानी गरेको भए अब सरकारले के गर्नुपर्छ ?
नेपालमा सिमेन्ट उद्योग, सुपारी र गुट्खा व्यापार अनि सेवा क्षेत्र होटल व्यवसायमा प्रत्यक्ष वैदेशिक लगानी आइरहेको छ । तर, त्यस्तो लगानीको छानविन गर्न सरकारले सक्ला त ?
विदेशमा पैसा राख्ने अरु देशका नागरिकलेसमेत नेपालको नागरिकता प्रयोग गरेको दावी गरिएको छ । यो गम्भीर विषय होइन ?
विदेशमा अवैध रुपमा पैसा राख्ने र लगानी गर्ने गरेको यसअघि पनि सार्वजनिक भएको विषय हो । सरकार किन केही गर्न सक्दैन ?
प्रधानमन्त्री केपी ओलीको इकोनोमिक फोरममा सहभागिता बारे :
प्रधानमन्त्री केपी शर्मा ओली आगामी मंगलबारदेखि स्विजरल्याण्डमा सूरु हुने विश्व आर्थिक मंचको ४ दिने बैठक कस्तो हो ?
बैठकमा आफूले ‘जी टवान्टी’ का शक्तिशाली राष्ट्रका सरकार प्रमुख र राष्ट्र प्रमुखहरुसँग औपचारिक÷अनौपचारिक छलफल गर्ने कार्यक्रम छ, के कस्ता विषयमा छलफल हुन्छ ?