Logo

डा. गोविन्द केसी नै माफिया भएको योगेश भट्टराईको आरोप (भिडियोसहित)



माघ ७, काठमाण्डौ । सत्तारुढ दल नेकपाका नेता योगेश भट्टराईले पछिल्लो सयम डा. गोविन्द केसीले आफ्नो स्तरबाट तल झरे अभिव्यक्ति दिने गरेको आरोप लगाएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै भट्टराईले डा. केसी विरामी हुन थालेकोसमेत बताए ।

केसीले हिजो मात्रै प्रधानमन्त्री केपी ओलीले आफूसँग गरेको सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक पेश नगरेर बेइमानी गरेको केसीले आरोप लगाएका थिए । तर भट्टराईले केसीले ओलीमाथि लगाएको आरोप यथार्थपरक नभएको जिकिर गरे ।

डा. केसीसँग गत साउन १० गते सरकारले गरेको सहमतिपत्र नै देखाएर भट्टराईले संसदीय प्रक्रियाअनुसार विधेयक पेश गर्ने उल्लेख गरेको प्रष्ट पारे ।

केसी र सरकारबीच भएको सम्झौताअनुसार नै विधेयक पारित हुने पनि भट्टराईले जिकिर गरे ।

डा. केसीले अरुलाई माफिया भने पनि केसी नै माफिया भएको भट्टराईले बताए । डा. केसीको माग पूरा गराउने हो भने नेपाली विद्यार्थी मेडिकल पढ्नका लागि विदेश जानुपर्ने बाध्यता आइपर्ने भएकाले केसी नै माफिया भएको भट्टराईको आरोप छ ।

चिकित्सा शिक्षा विश्वविद्यालय खोल्ने विषयमा डा. केसीले आपत्ति जनाएको भन्दै भट्टराईले आलोचना भए ।

यसअघि तेस्रोपटक अनसन बस्दा विश्वविद्यालय खोल्न माग गरे पनि अहिले केसीले अनावश्यक बखेडा झिकेको भट्टराईले बताए ।

डा. केसीले जे भन्यो त्यही गर्नुपर्छ भन्ने बाध्यता कसैलाई पनि नभएको भट्टराईको भनाई छ । चिकित्सा शिक्षा विधेयकका विषयमा २० लाख जनता साक्षाी राखेर डा. केसीसँग टुँडिखेलमा बसेर बहस गर्न तयार रहेको भट्टराईले बताए ।

 



प्रतिक्रिया दिनुहोस्