Logo

पूर्वगभर्नर रावल १० लाख धरौटीमा रिहा



काठमाडौं ८ माघ । विशेष अदालतले पोलिमर नोट छपाइ भ्रष्टाचार मुद्दामा पूर्वगभर्नर तिलक रावललाई सोमबार १० लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।

अख्तियारद्वारा दायर मुद्दामा सोमबार हाजिर हुन आएका रावलको बयान र थुनछेक बहसपछि अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

अदालत स्रोतका अनुसार रावलले सोमबार १० लाख रुपैयाँ नगद बुझाएका हुन् । अख्तियारले मुद्दा दायर गर्दा रावलसहित आरोपीहरू फरार रहेको उल्लेख गरेकामा अदालतले उनीहरूलाई १५ दिनभित्र हाजिर हुन लिखित म्याद पठाएको थियो । रावल म्यादभित्रै हाजिर भएका हुन् ।
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्