काठमाडौँ,माघ ८ । चट्याङ लागेर डडेल्धुरामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रहेका छन् ।घरमा बसिरहेको अवस्थामा आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापाको चट्याङ लागेर थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी गराए ।
यस्तै आलिताल गाउँपालिकाकै वडा नं ५ भित्रीसैनमा पनि चट्याङ लागेर मानबहादुर विष्ट र गोमति विष्ट घाइते भएकोे जनाईएको छ। घाइते दुबै जनालाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।