Logo

रोष्टम घेराउ किन ? गिरिराजमणि पोखरेलले खोले रहस्य (भिडियोसहित)



मघ ९, काठमाण्डौ । दिवंगत नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापना भएका अस्पताल बन्द गर्न खोजेको भन्दै कांग्रेसले मंगलबार पनि संसद अवरुद्ध गर्यो । कांग्रेस सांसदहरु रोष्टममा जान खोज्दा मर्यादापालकहरुले बीचमा नै रोक्ने प्रयास गरे ।

पहिलो बैठक १५ मिनेटका लागि स्थगित भयो । दोस्रो बैठक सुरु नहुँदै कांग्रेसका सांसदहरु रोष्टम घेराउ गरेर शिक्षामन्त्रीलाई रोक्ने प्रयास गरे । नेकपाका सांसदहरुले पनि शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई रोष्टममा पठाउने प्रयास गरे । तर, कांग्रेसका सांसदहरुले मन्त्रीलाई घेरेर रोष्टममा जान दिएनन् ।

मंगलबारको घटनाक्रम के कसरी अगाडि बढ्यो त ? चिकित्सा शिक्षा विधेयकमा भएको खास विवाद के हो ? यिनै विषयमा केन्द्रित भएर ऋषि धमलाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँग विशेष कुराकानी गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्का लागि गरिएको कुराकानीको भिडियो यहाँ प्रस्तुत गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्