काठमाडौं, १२ माघ । एफए कप फुटबलको चौथो चरणमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । शुक्रबार राति आर्सनललाई ३–१ गोल अन्तरले पराजित गरेको हो । प्रशिक्षक जोसे मोरिन्हो बर्खास्त गरेपछि ओल गुनारको नेतृत्वमा लगातार आठौं जित हो ।
म्यानचेस्टर युनाइटेडले लगातार आठ खेलमा जित निकाल्ने क्रममा एलेक्स सान्चेज, जेसी लिंगार्ड र एन्थोनी मार्शलले गोल गरे । आर्सनलका लागि पिएर एमरिकले एक गोल फर्काए ।
३१ औँ मिनेटमा सान्चेजको गोलबाट म्यानचेस्टर युनाइटेडले अग्रता लिएको थियो । ३३ औं मिनेटमा लिंगार्डले अर्को गोल थप्दै अग्रता दोब्बर बनाएका थिए । ४३ औँ मिनेटमा एमरिकले आर्सनलका लागि एक गोल फर्काएका थिए ।
पहिलो हाफमा २–१ को अग्रता बनाएको म्यानचेस्टरले दोस्रो हाफमा पनि आर्सनललाई खेलमा फर्कने कुनै मौका दिएन । उल्टै एक गोल थपेको थियो । ८२ औं मिनेटमा मार्शलले गोल गरेका थिए । एजेन्सीको सहयोगमा