Logo

१७ स्वर्णसहित ३५ पदकसहित नेपाली तेक्वान्दो टोली दोस्रो



काठमाडौं, १६ माघ । भारतको मुम्बईमा हालै सम्पन्न भएको अन्तर्रा्ष्ट्रिय मार्सल आर्ट्स एन्ड तेक्वान्दो च्याम्पियनसिपमा १७ स्वर्ण सहित ३५ पदक प्राप्त गर्दै नेपाली तेक्वान्दो टोली दोस्रो भएको छ।

जनवरी २७ तारिखदेखि सोमबारसम्म भएको च्याम्पियनसिपमा १७ स्वर्ण, ११ रजत र ७ कांस्य गरी ३५ पदकसहित नेपाल दोस्रो भएको टोलीका प्रशिक्षक रोशन खानले जानकारी दिए।

उक्त च्याम्पियनसिपको भीडन्तमा मोहम्मद उमर खानले सिनियर ५४ केजी, अब्बास खानले जुनियर ५८ केजी, निशा श्रेष्ठले सिनियर ५२ केजी र रञ्जित भण्डारीले जुनियर ५४ केजीमा स्वर्ण जित्दा पुम्सेमा पनि स्वर्ण हात पारे।

समीर डल्लाकोटीले फाइटतर्फको जुनियर ४५ केजीमा नेपाललाई स्वर्ण दिलाए। समीर पुम्सेतर्फ फाइनलको यात्रा तय गरेता पनि रजत पदकमै सीमित भए। त्यसैगरी, समीक्षा भण्डारी, चाँदनीकुमारी गुप्ता, हेमराज गुरुङ, सचिन थापामगर र सबिन सार्कीले फाइटमा स्वर्ण र पुम्सेमा रजत पदक जित्न सफल भए।

फाइट वेट तर्फ नेपालको १५ वर्षीय जिप्सन नेपालले राष्ट्रको लागि स्वर्ण दिलाउन सफल भए भने सोहि क्याटगोरीमा नेपालसहित राजेशकुमार तामाङ र इमरान नजिर सेखले पनि स्वर्ण जित्न सफल भएका छन ।

त्यस्तै, सुपृका गुरुङ र हेमन गुरुङले दुवै विधामा रजत र कांस्य जित्न सफल भए। पुम्सेमा युनिशा दराईले रजत, फाइटमा आयुशा श्रेष्ठ, महेशकुमार शाहले रजत पदक र प्रीति गुरुङले कांस्य पदक प्राप्त गरे।

त्यस्तै, मेलिना गुरुङ मगर, दीपनारायण चौधरी र जाहिद उल्लाले फाइटतर्फ कांस्य पदक जित्न सफल भए। नेपाली टिमको मुख्य प्रशिक्षकमा रोशन खान, सहायक प्रशिक्षकमा धनबहादुर दराई, अफिसियलमा किशोर गुरुङ र कृष्णप्रसाद सिलवाल छन्।



प्रतिक्रिया दिनुहोस्