काठमाडौं, १७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री गगन कुमार थापाले अनशनरत प्राध्यापक डा.गोविन्द केसीसँग एक भएर सरकारविरुद्ध लड्ने घोषणा गरेका छन् ।
आज साँझ अनशनरत डाक्टर केसीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका थापाले पत्रकारहरुसँग कुरा गर्दै यस्तो घोषणा गरेका हुन् ।
थापाले भने,”डा केसी हाम्रो काँध चढ्नु पर्ने मान्छे होइन। हाम्रा मुद्दा मिल्दा हामी एक ठाउँ हुने हो। चिकित्सा शिक्षा विधेयकको विषयमा उहाँ र हाम्रा कुरा मिलेका छन्। हामी एक ठाउँ बसेर लड्छौं।”