काठमाडौं, १७ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई अदुरदर्शी नेताको संज्ञा दिएका छन् ।
बिहीबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले ओली र प्रचण्डमाथि यस्तो हमला गरेका हुन् ।
खनालले समृद्ध नेपाल र सुखी नेपाली नारा प्रधानमन्त्री ओलीको व्यक्तिगत नारा नभएर सिँगो पार्टीको नारा भएको पनि जिकिर गरे । उनले भने,”यो कुनै एक व्यक्तिको पेवा नारा होईन । यो त नेकपाको नारा हो ।”