Logo

रक्सी खाएर झगडा गरेपछि काठमाडौं परिसर प्रमुख लामाका सुराकी निलम्बित



काठमाडौं १९ माघ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बसन्त लामाको घुमुवाको रुपमाकाम गर्दै आएका २ प्रहरीलाई ब्यापक जनदवाव परेपछि परिसरले निलम्वन गरेको घोषणा गरेको छ ।

अत्याधिक मादक पदार्थ सेवन गरी मोटर साइकल चलाएर हिडेको अवस्थामा डिउटीमा रहेको भक्तपुर प्रहरीले उनीहरुलाई मनहरा खोला नजिकैबाट पक्राउ गरेको थियो ।

उनीहरुले आफु काठमाडौँ परिसर प्रमुखको सुराकीको रुपमा कार्यरत रहेको भन्दै सुरक्षा चेकजाचमा बसेका प्रहरीसंग समेत झगडा गरेका थिए ।

प्रहरी प्रधानकार्यालयले मादक पदार्थ सेवन गरे सवारी चलाउने माथि कारवाही गर्न निर्देशन दिएपछि महानगरीय प्रहरी परिसर, काठमाडौंमा कार्यरत जवान मिलन ढुंगाना र महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा कार्यरत मनोज धमलालाई निलम्वन गरेको परिसरले जनाएको छ । -नेपाल समाचारपत्र दैनिक



प्रतिक्रिया दिनुहोस्