काठमाडौं, २० माघ । नेपाली कांग्रेसले संसदीय सुनुवाइ समिति बहिष्कार गरेको छ। गत माघ ६ गते संवैधानिक परिषद्ले विभिन्न पाँच संवैधानिक आयोगका अध्यक्षको नियुक्ति सिफारिस गरेको थियो।
कांग्रेसले प्रमुख प्रतिपक्षी दलको नेताको सहभागिताबिना भएको बैठकले गरेको सिफारिसको सुनुवाइमा सहभागिता नजनाउने भन्दै बहिष्कार गरेको हो।