Logo

सरकारको एक वर्ष पुरै असफल भन्दा नेकपाका नेताले खण्डन गर्न सकेनन् (भिडियोसहित)



माघ २८, काठमाण्डौ । केपी ओलीको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुग्न लागेको छ । अघिल्लो वर्षको फागुन ३ गते सरकार गठन भएको थियो ।

एक वर्षको अवधिमा सरकारले सोचेजस्तो काम गर्न नसकेको आरोप लागेको छ । सत्तारुढ दल नेकपाकै अध्यक्ष पुष्पकमल दाहालदेखि वरिष्ठ नेता माधवकुमार नेपालसम्मले सरकारले काम गर्न नसकेको आरोप लगाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सरकारले काम गर्न नसकेको भन्दै आलोचना गरेको छ भने सरकारमै रहेको संघीय समाजवादी फोरम र सरकारलाई समर्थन गरेको राजपा पनि सरकारप्रति रुष्ट छ ।

नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले बहुमत पाएर ५ वर्षका लागि गठन भएको सरकारको प्रस्तुति निराशाजनक भएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै विश्वकर्माले सरकार संविधान कार्यान्वयनमा नै चुकेको आरोप लगाए ।

कांग्रेसले सरकारलाई अनावश्यक रुपमा काम गर्न अवरोध नगरेको पनि विश्वकर्माले स्पष्ट पारे ।

यता सत्तारुढ दल नेकपाका नेता देवेन्द्र पौडेलले पनि विश्वकर्माको तर्कको खण्डन गर्न सकेनन् ।



प्रतिक्रिया दिनुहोस्