Logo

ओली–प्रचण्ड सम्बन्ध बिगार्न अमेरिकाको षडयन्त्र ! (भिडियोसहित)



माघ २९, काठमाण्डौ । भेनेजुएला प्रकरणले नेपाली राजनितिमा ठूलै हलचल मच्चायो । सत्तारुढ दल नेकपाभित्र त यसले भुइँचालो नै ल्याइदियो । यही प्रकरणबाट नेकपाका दुई अध्यक्षबीच मनमुटाव बढायो ।

भेनेजुएलामा जारी राजनीतिक संकटमा हस्तक्षेप गरेको भन्दै अमेरिकाविरुद्ध वक्तव्य जारी गरेपछि अमेरिका र नेपालवीचको सम्बन्धमा संकट आएको भन्दै धेरैले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचना गरे ।

नेकपाभित्र त दुइ अध्यक्ष आरोप प्रत्यारोपमै उत्रिए । तर वास्तविकता भने अर्र्कै रहेको रहस्य खुलेको छ । नेपाली राजनितिमा निकै चतुर मानिने प्रचण्डले नेकपा फुटाउने योजनाका साथ अमेरिकाको ग्राइण्ड डिजाइनमा वक्तव्य जारी गरेको तथ्य बाहिर आएको छ । राजनितिक विश्लेषक भरत दाहाल भने तत्कालीन माओवादीलाई जनयुद्धकालमा सहयोग गरेका पश्चिमी राष्ट्रहरुले नै अहिले प्रचण्डमार्फत सरकारलाई असफल बनाउन लागीपरेको दावी गर्छन् । यसैको उपक्रमको रुपमा भेनेजुएला वक्तव्य आएको उनको भनाइ छ ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम प्राइम संवादमा कुराकानी गर्दै भरत दाहाल

पार्टी एकीकरण भएको १० महिना वित्नलाग्दा समेत पार्टीको तल्लो स्तरसम्म पार्टी एकीकरण नहुनु र कार्यदललाई काम गर्न नदिनुको प्रमुख कारण पनि यसैलाई मानिएको छ । विगतमा तत्कालीन माओवादी र एमालेविच एकीकरण गराएका अन्तराष्ट्रिय शक्तिहरुले विभिन्न मुद्दा उनाएर नेपालमाथि हस्तक्षेप गर्न थालेको विश्लेषकहरूको दाबी छ ।

द्वन्द्वकालीन मुद्दाहरुलाई संयुक्त राष्ट्रसंघ, यूरोपियन यूनियानहरुले गंम्भिर चासो दिनु र प्रचण्डले विभिन्न सार्वजानिक कार्यक्रममा घमण्डका साथ दिने अभिव्यक्तिले पनि अब पार्टी फुटको संघारमा पुगेको दावी गर्छन्, राजनितिक विश्लेषक दाहाल ।

पछिल्लो समय सरकार चिनसँग नजिक हुन थालेको भन्दै अमेरिकाले नेपालको राजनितिलाई केन्द्रबिन्दु बनाएर चिनसँग खेल्न खोजेको दावी गरिएको छ ।

यतिमात्र होइन एक वर्षभित्र नेकपा पार्टी फुटाएर तत्कालीन एमालेका धेरै नेताहरु प्रचण्डको पक्षमा पार्ने रणनीति बनाइएको समेत विश्लेषण गरिएको छ । सरकारले काम गर्न नसकेको भन्दै आफ्नै पार्टीबाट आलोचना हुनु र प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीलाई प्रचण्डले विभिन्न सन्दर्भमा चुनौती दिनुले पनि यी विश्लेषणलाई बल पुर्याएको छ ।



प्रतिक्रिया दिनुहोस्