Logo

खेलमैदान व्यवस्थित गर्न रु पच्चीस लाख थप



दमौली,१ फागुन । तनहुँको दमौलीमा निर्माण हुने खेलमैदानका लागि व्यास नगरपालिकाले रु २५ लाख थप बजेट विनियोजन गरेको छ ।गत आर्थिक वर्षमा रु १५ लाख विनियोजन गरेको नगरपालिकाले मङ्गलबार सम्पन्न चौथो नगरसभाबाट थप रु २५ लाख बजेट विनियोजन गरेको हो । नगरप्रमुख बैकुण्ठ न्यौपानेले व्यवस्थित र सुविधासम्पन्न रङ्गशाला निर्माणका लागि नगरपालिकाको तर्फबाट बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । विपी वनवाटिकाको मैदानलाई रङ्गशाला बनाउन नगरपालिका र अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० बीच सम्झौता भइसकेको छ ।

उहाँका अनुसार रङ्गशालामा प्याराफिट र ड्रेसिङ रुमको निर्माण तत्कालै थालिनेछ । नगरपालिकाले गत वर्ष रु दश लाखको लागतमा मैदान सम्याउने काम गरेको थियो । सहमतिअनुसार एन्फाले खेलमैदानमा तारबारसहित अन्य संरचना बनाउनेछ । एन्फाको गोल प्रोजेक्टअन्तर्गत खेलमैदानको सुधारका लागि रु पाँच लाख सहयोग भएको छ ।

आन्तरिक आय संशोधन

नगरसभाले चालु आर्थिक वर्ष २०७५÷०७६ का लागि आन्तरिक आय संशोधन गरेको छ । आन्तरिक आयमा वृद्धि हुने लक्षण देखिएपछि नगरपालिकाले चौथो नगरसभाबाट आन्तरिक आय संशोधनसहित पारित गरेको हो ।

आन्तरिक स्रोतबाट रु १४ करोड ११ लाख आम्दानी हुने अनुमान गरिएकामा संशोधन गरेर रु १४ करोड ७२ लाख ८८ हजार पु¥याइएको नगर प्रमुख न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार नगरसभाले रु एक अर्ब २० करोड २२ लाख ८५ हजार ५०० को बजेट समेत पारित गरेको छ ।

पाँच विधेयक पारित

नगरसभाबाट शिक्षा ऐन, प्रशासनिक कार्यविधि नियमित गर्ने विधेयक, संशोधित फोहरमैला व्यवस्थासम्बन्धी ऐन, सहकारी ऐन र संशोधित आर्थिक विधेयक तथा विनियोजन विधेयक संशोधनसहित पारित भएको छ ।

नगरसभाले घरबास प्रवद्र्धनअन्तर्गत रु १८ लाख बजेट विनियोजन गरेको छ । घरवास प्रवद्र्धनअन्तर्गत सञ्चालन भएका ठाउँमा शौचालय र नुहाउने कोठा निर्माण गर्नका लागि उक्त रकम परिचालन गरिने नगरप्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

नगरसभाले दमौली खानेपानी उपभोक्ता समितिलाई नगरपालिकामातहत राख्ने निर्णय गरेको छ । उपभोक्ता समितिमार्फत सञ्चालन हुँदै आएको खानेपानी आयोजनाको कानूनी प्रक्रिया मिलाउने तयारी गरिएको छ ।

मादी नदीमा ताल बनाइने

नगरपालिकालाई पर्यटकीय केन्द्र बनाउने उद्देश्यसहित मादी नदीमा ताल बनाइने भएको छ । ताल निर्माणका लागि प्रदेश सरकारसँग साझेदारी गरिनेछ । नगरप्रमुख न्यौपानेका अनुसार ताल निर्माणका लागि प्रदेश सरकारसँग सम्झौता गर्ने तयारी भएको छ । नगरपालिकाले यसअघि प्रदेश सरकारसँगको साझेदारीमा व्यास–१० मा कृत्रिम ताल निर्माण शुरु गरिसकेको छ ।रासस



प्रतिक्रिया दिनुहोस्